मुख्यमन्त्री पाण्डेद्वारा उदय रिघाबुद्ध विहारको उद्घाटन

बागलुङ । बागलुङको गलकोट नगरपालिका–११ रिघामा अवस्थित उदय रिघाबुद्ध विहारको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेयले उद्घाटन गरेका छन् । मुख्यमन्त्री पाण्डेले गुम्बा पर्यटकीय क्षेत्र भएकाले यसको विकासका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने बताए ।
मुख्यमन्नत्री पाण्डे यस गुम्बाको स्थानीय मिलेर संरक्षण र प्रवद्धन गर्नुपर्ने उल्लेख गर्दै प्रदेशको आगामी बजेटमा शिक्षा, स्वास्थ्य, कृषि उत्पादन र बजारिकरणमा जनताले बुझ्ने तरिकाले योजना अगाडि ल्याइने बताए ।
त्यस्तै मुख्यमन्त्री पाण्डेले खाडीमा कमाउन जानेलाई गाउँमै रमाउने कार्यक्रम ल्याउने र लिफ्टिङमार्फत् खानेपानी योजना सञ्चालन गर्नुपर्ने क्षेत्रमा प्रदेश सरकारले निःशुल्क विद्युत्को व्यवस्था गर्ने घोषणासमेत गरे ।
गुम्बाको संघ सरकार, प्रदेश सरकार, स्थानीय सरकार र वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देशमा रहेका नेपालीको सहयोगमा संकलित ८० लाख रकमबाट निर्माण गरिएको हो ।
कार्यक्रममा प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दिपेन्द्रबहादुर थापाले रिघालाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्ने बताए ।
कार्यक्रममा भिक्षु महासंघका केन्द्रिय सदस्य भान्ते निरांकरले सो उदय रिघाबुद्ध विहार भिक्षुलाई हस्तान्तरण गरेका थिए । गुम्बा निर्माण समितिका अध्यक्ष शेरबहादुर घर्तीको पहलमा १२ वर्षअघि शिलान्यास गरिएको गुम्बा निर्माणले सार्थकता पाएको हो ।
















६ जिल्लामा श्रम संस्कृति पार्टीकाे अग्रता
कुलमानलाई पराजित गर्दै काठमाडौँ–३ बाट रास्वपाका पाण्डे विजयी
कतारी नौसेना बहराइनमा सुरक्षित
झापाका पाँचै निर्वाचन क्षेत्रमा मतान्तर बढाउँदै रास्वपा उम्मेदवार
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
कतारमा संदिग्ध १० इरानी जासुस पक्राउ
आजकाे विदेशी मुद्राको विनिमयदर : युराे घट्याे
निर्वाचनमा हेलिकप्टर गस्ती गर्ने केन्द्रीय सुरक्षा समितिको निर्णय
इरानी आक्रमणमा मारिएका चार अमेरिकी सैनिकको पहिचान सार्वजनिक
प्रतिक्रिया