मुख्यमन्त्री पाण्डेद्वारा उदय रिघाबुद्ध विहारको उद्घाटन

बागलुङ । बागलुङको गलकोट नगरपालिका–११ रिघामा अवस्थित उदय रिघाबुद्ध विहारको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेयले उद्घाटन गरेका छन् । मुख्यमन्त्री पाण्डेले गुम्बा पर्यटकीय क्षेत्र भएकाले यसको विकासका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने बताए ।
मुख्यमन्नत्री पाण्डे यस गुम्बाको स्थानीय मिलेर संरक्षण र प्रवद्धन गर्नुपर्ने उल्लेख गर्दै प्रदेशको आगामी बजेटमा शिक्षा, स्वास्थ्य, कृषि उत्पादन र बजारिकरणमा जनताले बुझ्ने तरिकाले योजना अगाडि ल्याइने बताए ।
त्यस्तै मुख्यमन्त्री पाण्डेले खाडीमा कमाउन जानेलाई गाउँमै रमाउने कार्यक्रम ल्याउने र लिफ्टिङमार्फत् खानेपानी योजना सञ्चालन गर्नुपर्ने क्षेत्रमा प्रदेश सरकारले निःशुल्क विद्युत्को व्यवस्था गर्ने घोषणासमेत गरे ।
गुम्बाको संघ सरकार, प्रदेश सरकार, स्थानीय सरकार र वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देशमा रहेका नेपालीको सहयोगमा संकलित ८० लाख रकमबाट निर्माण गरिएको हो ।
कार्यक्रममा प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दिपेन्द्रबहादुर थापाले रिघालाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्ने बताए ।
कार्यक्रममा भिक्षु महासंघका केन्द्रिय सदस्य भान्ते निरांकरले सो उदय रिघाबुद्ध विहार भिक्षुलाई हस्तान्तरण गरेका थिए । गुम्बा निर्माण समितिका अध्यक्ष शेरबहादुर घर्तीको पहलमा १२ वर्षअघि शिलान्यास गरिएको गुम्बा निर्माणले सार्थकता पाएको हो ।











सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
मन्त्री कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम
सरकारको मुख्य कार्यभार निर्वाचन गराउनु हो : गृहमन्त्री आर्याल
झापामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
सुदूरपश्चिमकै पहिलो पाँचतारे होटेल धनगढीमा बन्दै
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
प्रतिक्रिया