सोमबार, चैत १६, २०८२

सेयर बजारमा १६ अंककाे गिरावट, ९० करोडको कारोबार

मेरोन्यूज २०८० वैशाख ३१ गते १५:११

काठमाडौं । कारोबारको पहिलो दिन आइतबार सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसुचक १६. ९६ अंकले घटेर १,८२१ दशमलव ६४ को विन्दुमा झरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

आइतबार १६९ कम्पनीको शेयर मुल्य घटेको छ भने ४० कम्पनीको शेयर मुल्य बढेको छ । आज दिनभरिमा २६३ कम्पनीको २७ लाख ८८ हजार ८१५ कित्ता शेयर किनबेच हुँदा ९० करोडमाथिको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नागरिक लगानी कोषको शेयर कारोबार भएको छ । लगानी कोषको ५ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै हिमालयन डिष्टिलरीको ४ करोड ५९ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने एनआइसी एशिया बैंकको ४ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया