कामना सेवा विकास बैंकको साधारण सभा सम्पन्न

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको १६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकले उक्र सभा सिद्धार्थ बुटिक होटल, बौद्ध काठमाडौंमा सम्पन्न गरेको हो ।
सभाले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजी ३ अर्ब १४ करोड २५ लाख रुपैयाँ ४ दशमलव ४१ प्रतिशतका दरले हुन आउने १३ करोड ८५ लाख रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ० दशमलव २३२१ प्रतिशतले हुन आउने ७२ लाख ९२ नगद लाभांश पारित गरेको छ ।
त्यस्तै सभाले कुनैपनि उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एकापसमा प्राप्ति र गाभ्ने वा गाभिने प्रयोजनको लागि बैंक तथा वित्तीय संस्थाको पहिचान गर्ने र उपयुक्त देखिएमा समझदारी पत्रमा हस्ताक्षर गर्ने लगायत कार्य गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका विविध प्रस्ताव पारित गरेको छ ।
बैंकले साधारण सभा तथा लाभांश प्रयोजनको लागि बैंकले बैशाख १५ गते बुक क्लोज गरेको थियो । त्यसकारण बैशाख १४ गतेसम्म कायम शेयरधनीहरुले मात्रै लाभांश पाउनेछन् ।














यस्तो छ आजका लागि कृषिउपजको मूल्य
आज साेमबारका लागि विदेशी मुद्राको विनिमय दर यस्तो
पोखराको लेकसाइडका आठ स्पा सञ्चालक पक्राउ
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
प्रतिक्रिया