बुधबार, वैशाख ९, २०८३

मध्यरात ‘बाइक राइडिङ’मा निस्किन्छिन् सोनाक्षी सिन्हा

मेरोन्यूज २०८० वैशाख ३१ गते १६:४३

काठमाडौं । फिल्म दबंगबाट बलिउडमा डेब्यू गरेकी सोनाक्षी सिन्हाले आफ्नो करियरमा विभिन्न विधाका भूमिका निर्वाह गरेकी छिन् । अहिले उनी वेब सिरिज ‘दहड’काे अभिनयमा व्यस्त छिन् ।

Advertisement
NiccNicc

हालैको एक अन्तर्वार्तामा, सोनाक्षीले खुलासा गरेकी थिइन् कि उनका आमाबाबु उनको बाइक राइडिङ स्किलबाट डराउँछन्। ‘दहड’ वेब सिरिजमा सोनाक्षी अञ्जली भाटीको भूमिकामा छिन्, जाे लामो समयदेखि एक केस सुल्झाउने प्रयासमा रहेकी हुन्छिन् । उनको चरित्र दबंग प्रहरी अफिसरको हो। शाे मा उनले धेरै पटक ‘बाइक राइडिङ’ पनि गर्नुपरेको देखिन्छ ।

हिन्दुस्तान टाइम्समा प्रकाशित समाचारका अनुसार सोनाक्षीले आफूलाई एक्सन फिल्म मन पर्ने बताएकी थिइन् । उनले आफूलाई माेटरसाइकल चलाउन मन पर्ने र ‘दहड’ मा पनि पर्दामा बाइक चलाउने मौका पाएको बताइन् । उनी रियल लाइफमा पनि बाइक चलाउँछिन्, जसको फाइदा उनले यो वेब सिरिजमा पाएकी छिन् ।

सोनाक्षीले आफू मध्यराति बाइक राइड गर्न बाहिर निस्कने बताइन् । उनले आफ्नाे ‘बाइक राइडिङ स्किल’लाइ लिएर परिवार चिन्तित रहेकाे बताइन् । तर आफ्नो शौकलाई पछ्याइरहन पनि बाइक चलाउन नछाेड्ने साेनाक्षी बताउँछिन् ।

प्रतिक्रिया