आइतबार, वैशाख २७, २०८३

टर्की राष्ट्रपति निर्वाचनः पहिलो चरणमा कसैको आएन बहुमत

मेरोन्यूज २०८० जेठ १ गते ११:४४

टर्कीमा आइतबार भएको राष्ट्रपति निर्वाचनको नतिजा आएको छ । अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार टर्कीमा यसपटकको चुनावमा जनताले कुनै पनि पार्टीलाई बहुमत दिएका छैनन् ।

Advertisement
NiccNicc

कश्मीर मुद्दामा पाकिस्तानलाई समर्थन गर्ने रेसेप तैयप एर्दोगनको पार्टी एकेपीले ले ४९.४ प्रतिशत मत पाएको छ । अर्कोतर्फ टर्कीको गान्धी भनेर चिनिने कमल केलिकदारोग्लुको पार्टी सीएचपीले ४५.० प्रतिशत मत पाएको छ । टर्कीमा जुनसुकै दलले सत्तामा आउन ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्छ ।

पहिलो चरणमा कुनै पनि दलले बहुमत नपाएका कारण टर्कीले मे २८ मा फेरि मतदान गर्ने मतदाताहरूलाई मनाउन एर्दोगानसँग मात्र २ हप्ताको समय छ । उनी ११ वर्ष टर्कीको प्रधानमन्त्री र ९ वर्ष राष्ट्रपति भइसकेका छन् ।

निर्वाचनकाे नतिजालाई एर्दोगानकाे २० वर्षको कार्यसम्पादनको परिणामका रूपमा हेरिएको छ । भ्रष्टाचार उन्मूलन र अर्थतन्त्र सुधार गर्ने वाचामा सन् २०११ मा एर्डोगान राष्ट्रपतिभएपछि यहाँकाे अर्थतन्त्र निरन्तर डुबिरहेकाे छ । लोकतन्त्रलाई कमजोर बनाएको आरोप उनीमा लाग्दै आएको छ ।

प्रतिक्रिया