सोमबार, चैत १६, २०८२

चार कम्पनीको बोनश शेयर नेप्सेमा सूचिकृत

मेरोन्यूज २०८० जेठ १ गते १७:२४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप चार कम्पनीको बोनश शेयर सूचिकृत भएको छ । नेप्सेमा स्वाभिमान लघुवित्त, मिर्मिरे लघुवित्त, कृषि विकास बैंक र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडकोको बोनश शेयर सूचिकृत भएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

कम्पनीहरुले आफ्नो साधारण सभाबाट पारित भएको उक्त बोनश शेयर सूचिकृत गराएका हुन् । स्वाभिमान लघुवित्त वित्तीय संस्थाको २० प्रतिशत दरका २ लाख ४३ हजार ५६४ कित्ता र मिर्मिरे लघुवित्तको २३ प्रतिशत दरका कुल १२ लाख २१ हजार ७७२ कित्ता बोनस शेयर सूचिकृत भएको हो ।

त्यस्तै, कृषि विकास बैंकको २० प्रतिशत दरका कुल २६ लाख ३७ हजार ५८३ कित्ता र साल्ट ट्रेडिङ कर्पोरेशनको १० प्रतिशत दरका कुल २ लाख ५३ हजार ५३१ कित्ता बोनश शेयर सूकिृत भएको हो ।

प्रतिक्रिया