सोमबार, चैत १६, २०८२

बैशाख महिनामा मात्रै सवा लाख बढीले चढे मनकामना केबलकार

मेरोन्यूज २०८० जेठ १ गते १८:२०

काठमाडौं । गोरखाको मनकामना केबलकार चढ्ने यात्रुको संख्या कोभिड यताकै सबैभन्दा बढी भएको छ। ‘कोभिड नियन्त्रणमा आएसँगै मनकामना दर्शन गर्न आउने भक्तजनको आवागमनमा वृद्धि भइरहेको छ।

Advertisement
nepal life insurencenepal life insurence

अहिले दैनिक औसत ४ हजार भन्दा बढी भक्तजन र यात्रुले सेवा लिँदै आएका छन् । वैशाखभर एक लाख २६ हजार यात्रुले केबलकार सेवा लिएका हुन् । चालु आर्थिक वर्षको वैशाख महिनासम्म केबलकार सेवा लिने यात्रुको संख्या ८ लाख ७० हजार पुगिसकेको छ। आउँदो असारसम्म सेवाग्राही संख्या साढे १० लाख पुग्ने प्रक्षेपण रहेको उनले बताए। वैशाखसम्म कुल यात्रुमध्ये नेपाली ७१.१७५ ९६ लाख १९ हजार ३७३० र भारतीय २४.१०५ ९ २ लाख ९ हजार ७४३० रहेका छन् । पछिल्लो समय भारतीय पर्यटकको आवागमनमा उल्लेख्य वृद्धि भएको छ ।

कम्पनीले मनकामना केबलकार केही समयअघि एनालगबाट डिजिटल प्रणालीमा स्तरोन्नतिको गरिसकेको छ। केबलकारको टावर, गोन्डोला, बुलह्‍वील लगायत उपकरण भने साबिककै रहेको छ। यो केबलकार नेपालकै पहिलो डिजिटल कनेक्ट सिस्टम सहितको केबलकार भएको कम्पनीले जनाएको छ।

प्रतिक्रिया