एनआईसी एशिया बैंकको संस्थापक शेयर विक्रीमा
मेरोन्यूज
२०८० जेठ २ गते १२:४१

काठमाडौं । एनआईसी एशिया बैंकले करिब साढे ३ लाख कित्ता संस्थापक शेयर आजबाट बिक्री गर्ने भएको छ । बैंकले ३ लाख ४५ हजार ६८० कित्ता संस्थापक समूहको शेयर लिलामीमा विक्री गर्न लागेको हो ।
उक्त शेयर खरिद गर्न विद्यमान संस्थापक शेयरधनी तथा जोकोही योग्य व्यक्ति, कम्पनी, संघसंस्थाले खरिद आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १ हजार कित्ता र अधिकतममा १० ले भाग जाने संख्यामा वा अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन् ।
शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३६५ रुपैयाँ तोकिएको छ । बोलपत्र काठमाडौंको लाजिम्पाटस्थित धितोपत्र बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलमा बुझाउनुपर्नेछ । बोलपत्र जेठ ९ गते अपराह्न २ बजेसम्म बुझाउन सकिने जनाएको छ ।
सम्बन्धित














यस्तो छ आजका लागि कृषिउपजको मूल्य
आज साेमबारका लागि विदेशी मुद्राको विनिमय दर यस्तो
पोखराको लेकसाइडका आठ स्पा सञ्चालक पक्राउ
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
प्रतिक्रिया