आर्थिक सुधार भएसँगै आईएमएफद्वारा श्रीलंकाको प्रशंसा

काठमाडौँ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सोमबार श्रीलंकाको आर्थिक सुधारमा भएको प्रगतिको प्रशंसा गरेको छ ।
पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै आईएमएफ एसिया र प्यासिफिक विभागका निर्देशक कृष्ण श्रीनिवासनले विस्तारित कोष सुविधा (ईएफएफ) व्यवस्थाअन्तर्गत समर्थित सुधार कार्यक्रम बलियो नीतिगत उपायमा निर्मित र पाँच प्रमुख स्तम्भलाई प्राथमिकतामा राखिएको भन्दै श्रीलंकाले यसको कार्यान्वयन शुरु गरिसकेको बताए ।
सरकार र श्रीलंकाली जनताको बलियो स्वामित्वमा सुधारको गतिलाई अझ व्यापक रूपमा जारी राख्न आवश्यक रहेको पनि उनको टिप्पणी छ । उनले सुधारबाट प्राप्त कठिन लाभ श्रीलंकाका जनतालाई फाइदा पुग्ने किसिमका रहेको, त्यसको सुदृण गर्दै भ्रष्टाचार विरोधी र शासन सुधार आवश्यक रहेको उल्लेख गरेका छन् ।
आईएमएफका अनुसार श्रीलंका एसियाको पहिलो देश हो जसले आईएमएफ गभर्नेन्स डायग्नोस्टिक अभ्यास गरेको छ । आईएमएफ गभर्नेन्स डायग्नोस्टिक प्रतिवेदन यस वर्ष सेप्टेम्बरसम्म प्रकाशित हुने अपेक्षा गरिएको छ ।
मिसनले मार्चमा कोलम्बोको भ्रमण गरेको थियो र यस महत्वपूर्ण सुधार क्षेत्रमा सरोकारवाला र नागरिक समाजसँग नजिक रहेर काम गरेको छ ।
आईएमएफले यस वर्ष मार्चमा श्रीलंकाको आर्थिक नीति र सुधारलाई समर्थन गर्न करिब तीन अर्ब अमेरिकी डलरको इएफएफअन्तर्गत ४८ महिनाको विस्तारित अर्ततन्त्र सुधार व्यवस्थालाई अनुमोदन गरेको थियो ।
















पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया