कर्नाटकको मुख्यमन्त्री सिद्धरामैया बन्ने
मेरोन्यूज
२०८० जेठ ४ गते १२:००

काठमाडौं । सिद्धरामैया कर्नाटकको मुख्यमन्त्री बन्ने भएका छन् । यसअघि मुख्यमन्त्री बन्ने चर्चामा रहेका डीके शिवकुमार भने उपमुख्यमन्त्री बन्ने तय भएको छ ।
यसअघि पनि कर्नाटकको जिम्मेवारी सम्हालिसकेका सिद्धरामैयालाई मुख्यमन्त्री बनाउन लागिएको हो । मुख्यमन्त्रीको शपथ ग्रहण यही मे २० मा बैंगलोरमा हुनेछ ।
सिद्धरामैयाका समर्थकहरूले खुसीयाली मनाउन थालेका छन् । बैंगलोरस्थित उनको घरबाहिर पोस्टर टाँसिएको छ । यससँगै सिद्धरामैया र डीके शिवकुमारको घरबाहिर सुरक्षा व्यवस्था कडा पारिएको छ ।
कर्नाटकमा विधानसभाको चुनावी परिणाम शनिबार सार्वजनिक भएसँगै कांग्रेसमा भावी मुख्यमन्त्रीका लविइङ सुरु भएको थियो ।
कांग्रेस नेतृत्वले सिद्धारमैयालाई मुख्यमन्त्री बनाउन चाहे पनि शिवकुमारले पनि आफ्नो दाबी प्रस्तुत गरेका थिए ।
सम्बन्धित
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
ट्रकको ठक्करबाट प्रहरी सहायक हवल्दारको मृत्यु
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया