श्रीमतीको हत्या गर्ने फरार अभियुक्त पक्राउ

काठमाडौं । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले श्रीमतीको हत्या गरी फरार रहेका एक अभियुक्तलाई चार महिनापछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पाको सुनछहरी गाउँपालिका–६ फगाम घर भएका ३९ वर्षीय गर्भे विक रहेका छन् ।
निजले आफ्नी श्रीमती २६ वर्षीया केशु विकलाई गत फागुन २० गते हत्या गरी कपिलवस्तुको शिवराज नगरपालिका–५, चन्द्रौटास्थित प्रयोगमा नआएको गाडीको रिफ्रेस सेन्टर भवनको सेफ्टी ट्याङ्कीमा फ्याँकी गर्भे फरार रहेका थिए ।
श्रीमतीको हत्या गरी फरार रहेका विकलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले काठमाडौँको चन्द्रागिरी नगरपालिका–१०, सतुङ्गलबाट पक्राउ गरेको हो ।
पक्राउ परेका उनलाई आवश्यक कानुनी कारबाहीका लागि आज वडा प्रहरी कार्यालय चन्द्रौटा, कपिलवस्तु पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।
















आज २०८२ साल माघ २० गते मंगलबारको राशिफल
युक्रेनबारे यसै साता अबुधाबीमा वार्ता हुने क्रेमलिनद्वारा पुष्टि
बोर्डले सार्वजनिक ग-यो प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण
पुस महिनाको मुद्रास्फीति दुई दशमलव ४२ प्रतिशत
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
गैरबैङ्किङ वित्तीय संस्थाका लागि छुट्टै नियामक निकाय गठन गरिने
प्रतिक्रिया