शनिबार, वैशाख ५, २०८३

सुटिङका ​​क्रममा घाइते भए सलमान खान

मेरोन्यूज २०८० जेठ ५ गते १३:३७

अभिनेता सलमान खान पछिल्लो समय ‘टाइगर ३’ को सुटिङमा व्यस्त छन् । उनी सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छन् । यसैबीच उनले आफ्नो ट्वीटर अकाउन्टमा तस्विर शेयर गर्दै आफू घाइते भएको बताएका छन्।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

उनले तस्बिर सेयर गर्दै लेखेका छन्, ‘जब तपाईंलाई लाग्छ नि आफ्नो काँधमा दुनियाँको बोझ छ। यसो भन्ने दुनियाँको कुरा छाड्नु पाँच किलोको डम्बल उठाएर देखाउनु, टाइगर घाइते छ।’ तस्बिरमा उनले पिठ्युँमा ब्यान्डेज लगाएको देखिन्छ।

यशराज फिल्म्सको ‘टाइगर ३’ मा सलमान खानसँगै कटरिना कैफले अभिनय गरिरहेकी छन्। फिल्म आगामी नोभेम्बरमा रिलिज हुँदैछ।

प्रतिक्रिया