बलात्कार कसुरमा साढे नौ वर्ष कैद
मेरोन्यूज
२०८० जेठ ५ गते १४:५१

तनहुँ । बलात्कार गरेको कसुरमा एक अभियुक्तलाई तनहुँ जिल्ला अदालतले साढे नौ वर्ष कैद फैसला सुनाएको छ । तेह् वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा अदालतले बन्दीपुर गाउँपालिका–५ कल्चोकका २२ वर्षीय विनोद विकलाई सो सजाय फैसला सुनाएको हो ।
जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यकोे इजलासले उक्त फैसला गरेको हो । अदालतले पीडितलाई रु २५ हजार क्षतिपूर्ति भराउने फैसला सुनाएको अदालतका स्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिनुभयो ।
पीडितलाई विकले विसं २०७७ असार २० गते बलात्कार गरेको आरोपमा पीडितका अभिभावकले सोही दिन इलाका प्रहरी कार्यालय डुम्रेमा उजुरी दिएका थिए । प्रहरीले विकलाई विसं २०७७ असार २४ गते पक्राउ गरेको थियो । अदालतको आदेशमा आरोपित विक विसं २०७७ साउन १३ गतेदेखि पुर्पक्षका लागि कारागारको थुनामा थिए ।
सम्बन्धित
















निपाह भाइरसबारे स्वास्थ्य मन्त्रालयको धारणा सार्वजनिक
कस्ताे रहला आज देशभरकाे मौसम ?
यी हुन् समानुपातिक बन्दसूचीबाट हटाइएका ७६ जना (सूचीसहित)
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
गैरबैङ्किङ वित्तीय संस्थाका लागि छुट्टै नियामक निकाय गठन गरिने
प्रतिक्रिया