भारतको राजधानी नयाँ दिल्लीमा आइएमई इण्डियाको नयाँ शाखा

काठमाडौं । आइएमई इण्डिया प्रालि ले भारतको राजधानी नयाँ दिल्ली स्थित कनॉट प्लेस-बार्हखम्बा रोडमा नयाँ शाखा विस्तार गरेको छ । जेठ ४ गते आयोजित कार्यक्रममा भारतका लागि नेपाली राजदुत डा.शंकर प्रसाद शर्माले सो शाखा उदघाटन गरेका हुन् ।
आइएमई इण्डियाले नयाँ शाखा मार्फत बिदेशी मुद्रा सटही र आईडीएफसी बैंक सँगको सहकार्यमा इण्डो–नेपाल क्रस बोर्डर मनी ट्रान्सफरको सेवा उपलब्ध गराउने जनाएको छ । शाखा उद्घाटन गर्दै राजदुत डा.शंकर प्रसाद शर्माले नयाँ दिल्ली सहरको मुटु रहेको कनॉट प्लेसमा नयाँ कार्यालय शाखा खोलेकोमा आइएमई इण्डियालाई बधाई दिदै नयाँ शाखा मार्फत हुने कारोबारले दिल्लीमा रहेका नेपाली र भारतीयहरुलाई रेमिट्यान्स सेवा तथा इण्डो–नेपाल क्रस बोर्डर मनी ट्रान्सफर गर्न मद्दत पुग्ने विश्वास लिएको बताए ।
सो अवसरमा आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले यो सेवालाई भारतका अन्य क्षेत्रमा पनि विस्तार गर्दै लैजाने योजना रहेको बताए । यसबाट भारतमा रहेका नेपालीहरुलाई सुरक्षित तथा छिटो रकम पठाउन सहयोग पुग्ने पनि प्रबन्ध निर्देशक ढकालले उल्लेख गरे ।
शाखा विस्तार समारोहमा दिल्ली स्थित नेपाली दूतावासका उच्च अधिकारीहरु र आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाल सहित आइएमई इण्डियाको सञ्चालक समितिका पदाधिकारी तथा व्यवस्थापनका उच्च अधिकारी सहित सो क्षेत्रमा रहेका नेपालीहरुको समेत उपस्थिति रहेको थियो ।














सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु
घोराही–लमही सडक विस्तार थालियो
तीनवटा सवारीसाधन एकापसमा ठोक्किँदा १२ जना घाइते
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
प्रतिक्रिया