प्रधानमन्त्रीद्वारा कान्तिपुर हाफ म्याराथन दौडको उद्घाटन

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले कान्तिपुर हाफ म्याराथनको उद्घाटन गरेका छन् । थापाथलीस्थित कान्तिपुर मिडिया ग्रुपको कार्यालय परिसरमा प्रधानमन्त्री दाहालले बन्दुक पड्काएर म्याराथनको उद्घाटन सुरु गरेका हुन् ।
प्रधानमन्त्री दाहालले कान्तिपुर मिडिया ग्रुपले म्याराथनमार्फत वातावरण संरक्षणको क्षेत्रमा योगदान पुर्याएको बताए । उनले यस मिडिया ग्रुपले हरेक विकृति र विसंगतिविरुद्ध पनि निरन्तर आवाज उठाउँदै आएको बताए ।
यस वर्षको म्याराथनको नारा ‘लेट्स गो ग्रिन टुगेदर’ रहेको छ । हाफ म्याराथन (२१.१ किमि०), कलेज रन (७ किमि), कर्पोरेट रन (५ किमि) र ह्विलचियर रन (३ किमि) गरी चार विधामा झन्डै ४ हजार ७ सय सहभागी हुने आयोजक कान्तिपुर पब्लिकेशन्स्ले जनाएको छ ।
सिटी म्याराथनको अवधारणामा राखिएको कान्तिपुर हाफ म्याराथनमा कलेज रन पहिलो पटक राखिएको छ । प्रतियोगितालाई नेपाल एथलेटिक्स संघले वार्षिक क्यालेन्डरमा राख्दै आएको छ ।










मधेस प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्चको परमादेश
नगद कारोबारको सीमा घटाइयो, ५ लाखमाथि अनिवार्य बैंकमार्फत
मन्त्रिपरिषद्का निर्णयः ‘जेनजी’ सहिद परिवारलाई परिचयपत्र, भदौ २३ गते ‘जेनजी’ सहिद दिवस
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो
बैकुण्ठ अर्याल सचिवमा बढुवा
कपालमा पर्ने चायाबाट छुटकारा पाउने उपाएहरु यस्ता छन्
इमरान खानको अवस्थाबारे पाकिस्तानी सिनेटरले के भने ?
आज २०८२ साल मंसिर १३ गते शनिबारको राशिफल
आज मंसिर १५ गते सोमबार, कस्ताे रहला तपाइकाे राशिफल ?
सुदूरपश्चिमविरूद्ध पहिला ब्याटिङ गर्दै जनकपुर
प्रतिक्रिया