मंगलबार, माघ २०, २०८२

रौतहटमा छिमेकीको हत्या गरी फरार

मेरोन्यूज २०८० जेठ ६ गते ८:३७

जनकपुरधाम । रौतहटमा एक जना पुरुषको हत्या भएको छ । गौर नगरपालिका ७ सिसवा गाउँका ३५ वर्षीय शेख कबिरले छुरा प्रहार गरी छिमेकी ५० वर्षीय यार महदम खानको गए राति हत्या गरेका हुन्।

प्रहरीका अनुसार राति १० बजेतिर घर नजिकै उनीहरुबीच विवाद भएपछि साविरले खानको बायाँ छातीमाक छुरा प्रहार गरेका थिए।

छुरा प्रहारबाट गम्भीर घाइते खानलाई अस्पताल कलैया लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक खानको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल गौरमा राखिएको छ।

छुरा प्रहार गर्ने कबीर फरार भएका छन् । उनको खोजी तथा घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया