स्वास्थ्यमन्त्री बस्नेत जेनेभा प्रस्थान
मेरोन्यूज
२०८० जेठ ६ गते ९:१४

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेत विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को ७६ औँ महासभामा सहभागी हुन स्विट्जरल्याण्डको जेनेभा प्रस्थान गरेका छन् । मन्त्री बस्नेतसंगै मन्त्रालयका अतिरिक्त सचिव डा विकास देवकोटासहित ६ जना सदस्य समेत जेनेभा गएका छन् ।
यही जेठ ७ गतेदेखि १६ गते (मे २१ देखि ३० गते)सम्म हुने सभामा डब्लुएचओको नीति निर्धारण गर्ने, वित्तिय नीतिको सुपरिवेक्षण गर्ने, र प्रस्तावित कार्यक्रम बजेटको पुनरावलोकन र अनुमोदन गर्ने जनाइएको छ ।
सम्बन्धित
















पाकिस्तान मल आगलागीमा मृत्यु हुनेकाे संख्या ५५ नाघ्याे, केही अझै बेपत्ता
चिनी उद्योगको मेसिनमा च्यापिएर मजदुरको मृत्यु
उम्मेदवारमाथिको उजुरी जाँच गर्दै आयोग, आजै नामावली प्रकाशन गरिने
4 killed, 8 injured in road accident in Pakistan’s Punjab
बैतडीमा ट्याक्टर दुर्घटनाः एक जनाको मृत्यु, तीन घाइते
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
रास्वपाले आशिका तामाङलाई दियो टिकट
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
प्रतिक्रिया