नक्कली शरणार्थी प्रकरणको प्रतिवेदन भोलि मात्रै बुझाउने
मेरोन्यूज
२०८० जेठ ७ गते १८:१८

काठमाडौँ । नक्कली शरणार्थी प्रकरणमा प्रहरीले आज प्रतिवेदन बुझाउने नसक्ने भएको छ । तयारी नपुगेको भन्दै भोलि मात्र प्रतिवेदन बुझाउने जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले जनाएको छ ।
समयको चाप र मुद्दाको गाम्भीर्यताका कारण प्रतिवेदन आएपछि चौबीस घण्टा नै काम गर्ने तयारी भएको जिल्ला वकिल कार्यालयले जनाएको छ । यस प्रकरणमा पक्राउ परेकाहरूलाई थप तीन दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।
अदालतले यसअघि दिएको म्याद सकिएपछि आइतबार पुनः अदालतमा पेश गरिएको थियो । यस घटनामा मुछिएसँगै पूर्वमन्त्रीहरू टोपबहादुर रायमाझी, बालकृष्ण खाँणसहित १६ जना प्रहरी हिरासतमा छन् ।
थप १७ जनाको खोजी कार्य जारी रहेको छ । यस घटनामा कम्तीमा ३३ जनालाई मुद्दा चलाउनु पर्ने निष्कर्षसहितको प्रतिवेदन बुझाउने प्रहरीको तयारी छ ।
सम्बन्धित
















यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
आज २०८२ साल माघ २० गते मंगलबारको राशिफल
युक्रेनबारे यसै साता अबुधाबीमा वार्ता हुने क्रेमलिनद्वारा पुष्टि
बोर्डले सार्वजनिक ग-यो प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
गैरबैङ्किङ वित्तीय संस्थाका लागि छुट्टै नियामक निकाय गठन गरिने
प्रतिक्रिया