प्रहरीले बुझायो नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन

काठमाडौं । प्रहरीले भुटानी शरणार्थी ठगी प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाएको छ ।
चैत १२ गतेदेखि चलिरहेको अनुसन्धानमा ५९औँ दिनमा प्रहरीले सोमबार अनुसन्धान प्रतिवेदन बुझाएको हो । सरकारी वकिलले पनि प्रतिवेदनलाई मंगलबार अदालतमा पेस गरिसक्नुपर्ने बताएकाे छ ।
प्रहरीले पक्राउ परेका १६ सहित ३२ जनाविरुद्ध विभिन्न ६ वटा कसुरमा मुद्दा चलाउन रायसहितको १५० पृष्ठभन्दा लामो प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाएको हो । यस प्रकरणमा १२ जनाभन्दा बढी फरार छन्।
पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, सचिव टेकनारायण पाण्डेसहित पाँचजनालाई संगठित, ठगीसहित राज्यविरुद्धको कसुरमा पनि मुद्दा चलाउन सिफारिस गरिएको प्रहरी स्रोतले बतायो ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै १०६ जना पीडितबाट कम्तिमा २४ करोड रुपैयाँ ठगी भएको उजुरी परेको छ । प्रहरीले ती उजुरी लिएर सवा २६ करोड बराबरको बिगोदाबी गरी मुद्दा चलाउन सिफारिस गरेको छ ।
















युक्रेनबारे यसै साता अबुधाबीमा वार्ता हुने क्रेमलिनद्वारा पुष्टि
बोर्डले सार्वजनिक ग-यो प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण
पुस महिनाको मुद्रास्फीति दुई दशमलव ४२ प्रतिशत
त्रिभुवन विश्वविद्यालयद्वारा परीक्षा प्रणाली विकेन्द्रीकरण सुरु
यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
माघ १७ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
प्रतिक्रिया