ऐश्वर्यासँग रोमान्टिक सिन गर्दा काँपिरहेका थिए रणवीर

काठमाडाैं । रणवीर कपूर बलिउडमा चकलेटी नायकका रुपमा परिचित छन्। उनी आफ्नो फिल्ममा रोमान्टिक क्यारेक्टर निभाउन पनि राम्ररी जान्दछन्।
रणवीरले फिल्म ‘ए दिल है मुश्किल’मा अभिनेत्री ऐश्वर्या राईसँग रोमान्टिक भूमिका निभाएका थिए । यो फिल्म सुपरहिट भएको थियो। रिलिज भएको कयौं वर्षपछि रणवीरले फिल्ममा ऐश्वर्यासँगकाे अनुभवबारे खुलाएका थिए ।
आफुलाई ऐश्वर्यासँग रोमान्टिक सिन गर्न लाज लाग्ने बताएपछि ऐश्वर्याले उक्त दृश्यको छायांकनमा सहयोग गरेको रणवीरले बताए ।
उनले भने, ‘मलाई लाज लाग्थ्यो, मेरो हात काँप्ने गर्थे । कहिले काहिँ म उसको गाला छुन हिचकिचाउँथे ।’ रणवीरले भने, ‘त्यसपछि ऐश्वर्या सम्झाइन् र मैले पनि त्यसलाइ अवसरका रूपमा लिएँ ।’
यो बयानपछि उनी निकै ट्रोल पनि भएका थिए । आलाेचना बढ्दै गएपछि रणवीरले एक विज्ञप्ति निकाल्दै ऐश्वर्यासँगको रोमान्सबारे आफूले भनेको कुरालाई दर्शकले गलत ढंगले लिएको बताएका थिए । उनले ऐश्वर्या अद्भूत अभिनेत्री र पारिवारिक साथी पनि भएकोले कहिल्यै नराम्राे नजरले नहेरेकाे बताएका थिए ।


















Nepali national Amrit Jha released
अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा विदेशस्थित नेपाली नियोगमा विविध कार्यक्रम
सङ्घ–प्रदेश समन्वय सुदृढ गर्न प्रधानमन्त्री सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्नुहुँदै
यस्तो छ आज तरकारीको थोक मूल्य
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
सम्पत्तिबारे गृहमन्त्रीकाे जवाफ : गरिब जन्मिनु गल्ती होइन, गरिब नै भएर मर्नुचाहिँ गल्ती
अस्ट्रेलियाली सेनामा पहिलो महिला प्रमुख
प्रतिक्रिया