नक्कली शरणार्थी प्रकरणमा फरार १४ जनाविरुद्ध पनि मुद्दा दायर गर्न सिफारिस
मेरोन्यूज
२०८० जेठ ८ गते १७:१९

काठमाडौँ । नक्कली शरणार्थी प्रकरणमा आज प्रहरीले सरकारी वकिलको कार्यालयलाई अनुसन्धान प्रतिवेदन पेश गरेको छ । प्रतिवेदनमा ३० जनालाई प्रतिवादी बनाउन सुझाइएको छ । तर, १४ जना फरार छन् ।
पक्राउ परेका १६ जना र फरारसहित १४ जनासहित ३० जनामाथि संगठित अपराध ठगी र राज्यविरुद्धको अपराधमा मुद्दा दायर गर्न प्रहरीले सिफारिस गरेको हो ।
फरार १४ जनामा प्रतीक थापा र निरज राई हाइप्रोफाइल हुन् । प्रतीक पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा हुन् भने निरज इन्द्रजित राइका छोरा हुन् । इन्द्रजित थापा गृहमन्त्री हुँदा सुरक्षा सल्लाहकार थिए । उनी एमाले नेतासमेत हुन् ।
फरार हुने अन्य अभियुक्तमा केशव तुलाधार, अशोक पोखरेल, लक्ष्मी महर्जन, धीरेन राई, मोहन राई, दीपा हुमागाईं, सुनिल बुढाथोकी, विनिता लिम्बू, निरञ्जन खरेल, राजेश अर्याल, हरिभक्त महर्जन, आशिष बुढाथोकी रहेका छन् ।
सम्बन्धित
















आज २०८२ साल माघ २० गते मंगलबारको राशिफल
युक्रेनबारे यसै साता अबुधाबीमा वार्ता हुने क्रेमलिनद्वारा पुष्टि
बोर्डले सार्वजनिक ग-यो प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण
पुस महिनाको मुद्रास्फीति दुई दशमलव ४२ प्रतिशत
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
गैरबैङ्किङ वित्तीय संस्थाका लागि छुट्टै नियामक निकाय गठन गरिने
प्रतिक्रिया