मंगलबार, माघ २०, २०८२

स्रोत नखुलेको २० लाख रुपैयाँसहित भारतीय युवक पक्राउ

मेरोन्यूज २०८० जेठ ८ गते १८:०१

धनुषा । जिल्लाको जनकपुर उपमहानगर ६ डोम्बाबारीबाट स्रोत नखुलेको नगद २० लाख रूपैयाँसहित भारतीय युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत सितामढीग्राम नगरपालिका मनपुर घर भई सोही उपमहानगर ६ मा डेरा गरी बस्ने २५ वर्षीय रन्धिर ठाकुर रहेका छन् । उनलाई आज प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी जनकपुरधामबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा झोलामा लुकाएर ल्याउँदै गरेको उक्त नगद बरामद भएपछि उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया