बिहीबार, वैशाख ३, २०८३

चलचित्र ‘नाङ्गो गाउँ’मा नेता बने दयाहाङ

मेरोन्यूज २०८० जेठ ९ गते १६:१८

काठमाडौं । चलचित्र ‘नाङ्गो गाउँ’को छायांकन काभ्रेको बेथानचोक गाउँपालिका क्षेत्रमा ३३ औं दिनमा पूरा भएको छ । हिमाल शर्माको प्रस्तुति, जय श्रेष्ठको निर्माण, दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको चलचित्रको छायांकन आलोक शुक्लाले गरेका हुन् ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

निर्देशक दीपेन्द्र लामाले सार्वजनिक गरेकाे तस्बिरमा दया नेताका रुपमा देखिएका छन् । वनीश शाहको सम्पादन रहने चलचित्र आगामी भदौ २९ मा रिलिज हुँदैछ ।

चलचित्रमा दयाहाङका अलावा मिरुना मगर, कर्मा, साम्राज्ञी शाह, शिशिर बाङ्देल, बुद्धि तामाङ, रवीन्द्र झा, विशाल पहाडी, अंकित खड्का, राज थापा, कमलमणि नेपाल, पुष्कर गुरुङ, शारदा गिरी, घनुभाइ जोशी, निमा पाण्डे, सविन बास्तोला, शंकर आचार्य, केशव राई, इष्टु कार्की, ताण्डव, रामकाजी घिमिरे लगायतले अभिनय गरेका छन् ।

प्रतिक्रिया