बसले ठक्कर दिँदा पैदलयात्रुको मृत्यु
मेरोन्यूज
२०८० जेठ १० गते १३:४९

हेटौडा । हेटौँडामा यात्रुबाहक बसले ठक्कर दिँदा पैदलयात्रुको मृत्यु भएको छ । मकवानपुरको मनहरि गाउँपालिका–६ नयाँ बस्तीस्थित पूर्व–पश्चिम सडक खण्डमा गौरबाट काठमाडौँतर्फ जाँदै गरेको ना ५ख १७४० नं को यात्रुबाहक बसले ठक्कर दिँदा मनहरि–७ का ६० वर्षीया मनमाया स्याक्तानको मृत्यु भएको छ ।
घटना बुधबार बिहानको हो। मकवानपुर प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीका अनुसार घटनामा बसको ठक्करबाट गम्भीर घाइते भएकी स्याक्तानलाई उपचारका लागि हेटौँडा अस्पताल लगिएको भएपनि अस्पतालले मृत घोषणा गरेको हो । प्रहरी नायब उपरीक्षक कार्कीका अनुसार अस्पताल पुग्नासाथ स्याक्तानलाई
डाक्टरले मृत घोषण गरेका थिए ।
बस चालक इलाका प्रहरी कार्यालय खैरहनी चितवनको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
















टी-२० विश्वकपको पहिलो वार्म अप खेलमा नेपालले यूएईसँग भिड्दै
निपाह भाइरसबारे स्वास्थ्य मन्त्रालयको धारणा सार्वजनिक
कस्ताे रहला आज देशभरकाे मौसम ?
यी हुन् समानुपातिक बन्दसूचीबाट हटाइएका ७६ जना (सूचीसहित)
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
गैरबैङ्किङ वित्तीय संस्थाका लागि छुट्टै नियामक निकाय गठन गरिने
प्रतिक्रिया