अभियोगपत्र दायर नहुँदै अनुसन्धानका कागजात बाहिरिएकोमा गृहमन्त्रीको असन्तुष्टि

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा अभियोगपत्र दायर नहुँदै अनुसन्धानका कागजात बाहिरिएकोमा असन्तुष्टि व्यक्त गरेका छन् । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरलाई बुधबार बोलाएर असन्तुष्टि व्यक्त गरेका हुन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा कुँवरको नामसमेत आरोपितहरूले लिइरहेको बेलामा गृहमन्त्री श्रेष्ठले महानिरीक्षक श्रेष्ठसँग छलफल गरेका हुन् ।
भेटमा गृहमन्त्री श्रेष्ठले‘‘प्रहरी मुछिएको’ विषयमा चासो राखेका थिए । अनुसन्धान प्रतिवेदनभित्रका सक्कल कागजातहरु अभियोगपत्र दायर नहुँदै सार्वजनिक कसरी भयो भन्ने प्रश्न श्रेष्ठले गरेको स्रोतले बतायो । प्रहरीले गलत गरेको भन्दै अब यस्ता काम नगर्न सचेत गराएको पनि स्रोतले बताए ।
गृहमन्त्रीसँग भेटेपछि आईजीपी कुँवरले उपत्यका प्रहरी कार्यालयका प्रमुख श्याम ज्ञवाली, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख मनोज केसीसहितका अधिकारीहरुसँग छलफल गरेका छन् । उनले पनि अनुसन्धानका कागजातहरु बाहिरिएको विषयमा असन्तुष्टि जनाएका थिए ।
आईजीपी कुँवरले नक्कली शरणार्थी प्रकरणका आरोपीहरुसँग भेटेको, पक्राउ परेकाहरुलाई यत्तिकै छोडेको, अनुसन्धानको फाइल घरमा लगेको जस्ता अपुष्ट कुराहरु सञ्चारमाध्यममा आइरहेका छन् । आईजीपी कुँवर भने आफूविरुद्ध सुनियोजित षडयन्त्र भइरहेको बताउँछन् ।
















टी-२० विश्वकपको पहिलो वार्म अप खेलमा नेपालले यूएईसँग भिड्दै
निपाह भाइरसबारे स्वास्थ्य मन्त्रालयको धारणा सार्वजनिक
कस्ताे रहला आज देशभरकाे मौसम ?
यी हुन् समानुपातिक बन्दसूचीबाट हटाइएका ७६ जना (सूचीसहित)
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
गैरबैङ्किङ वित्तीय संस्थाका लागि छुट्टै नियामक निकाय गठन गरिने
प्रतिक्रिया