२२ लाख रुपैयाँ भन्दाबढीको इलेक्ट्रिक सिगरेट तथा सामान बरामद
मेरोन्यूज
२०८० जेठ १० गते १५:४२

काठमाडौं । रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका–१ आँपबगैचा ईलाकाबाट सशस्त्र प्रहरीले २२ लाख ३० हजार ५ सय ९० रुपैयाँ बराबरको चोरीपैठारीको इलेक्ट्रिक सिगरेट, इलेक्ट्रिक आईटम्स्, मोटरपार्ट्स र लत्ताकपडा बरामद गरेको छ ।
बुधबार राति साढे १ बजे भारतबाट अवैध रुपले ल्याउँदै गरेको अवस्थामा ती सामानहरु बरामद गरेको शसस्त्र प्रहरीले जनाएको छ । प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डा (बीओपी डण्डा) बाट खटिएका सशस्त्र प्रहरी नायव उपरीक्षक अरुण शर्माको कमाण्डको टोलीले उक्त सामाग्री बरामद गरेको हो ।
सामान ल्याउने व्यक्तिहरु गस्तीमा रहेको सशस्त्र प्रहरीलाई देख्नासाथै उक्त सामानहरु छाडेर भागेका थिए । बरामद सामान भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा बुझाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक तथा सह प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
सम्बन्धित
















टी-२० विश्वकपको पहिलो वार्म अप खेलमा नेपालले यूएईसँग भिड्दै
निपाह भाइरसबारे स्वास्थ्य मन्त्रालयको धारणा सार्वजनिक
कस्ताे रहला आज देशभरकाे मौसम ?
यी हुन् समानुपातिक बन्दसूचीबाट हटाइएका ७६ जना (सूचीसहित)
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
गैरबैङ्किङ वित्तीय संस्थाका लागि छुट्टै नियामक निकाय गठन गरिने
प्रतिक्रिया