आईपीएलमा लखनउलाई हराउँदै मुम्बई क्वालिफायर टु मा

काठमाडौं । लखनउ सुपर जायनट्सलाई ८१ रनले पराजित गर्दै मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ को क्वालिफायर टु मा स्थान बनाएको छ ।
बुधबार चेन्नाइमा भएको खेलमा आकाश माडवालले सानदार बलिङ गर्दै पाँच विकेट लिएपछि मुम्बइले क्वालिफायर टुको यात्रा सहय तय ग¥यो ।
पहिला ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १८२ रन बनाएको थियो । १८३ रनको लक्ष्य पछ्याएको लखनउ १६.३ ओभरमै १०१ रनमा अलआउट भयो ।
आकाश माडवालले ३.३ ओभरमा पाँच रन मात्र खर्चेर पाँच विकेट लिए । क्रिस जोर्डन र पियुष चावलाले एक, एक विकेट लिए । लखनउका लागि मार्कुस स्टोइनिसले ४०, कायल मेयर्सले १८, दिपक हुडाले १५ रन बनाए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बइका लागि क्यामरुन ग्रीनले ४१, सूर्यकुमार यादवले ३३, तिलक बर्माले २६ र नेहाल वाडेराले २३ रन बनाए ।
लखनउका लागि नवीन उल हकले ४ र यश ठाकुरले तीन विकेट लिए ।
मुम्बइले अब फाइनल प्रवेशका लागि पहिलो क्वालिफायरमा पराजित गुजरात टाइटन्ससँग खेल्नेछ । लिगमा पहिलो स्थानमा रहेको साविक विजेता गुजरात पहिलो क्वालिफायरमा चेन्नाइ सुपर किंग्ससँग पराजित भएको थियो ।
लिगमा शीर्ष दुईमा रहेकोले गुजरातले फाइनल पुग्नका लागि अर्को अवसर पनि पाएको छ ।
गुजरातले दोस्रो क्वालिफायरमा मुम्बइसँग आउने शुक्रबार घरेलु मैदान नरेन्द्र मोदी स्टेडियममा खेल्नेछ ।
यस खेलको विजेताले आगामी आइतबार सोही स्टेडियममा उपाधिका लागि चेन्नाइसँग प्रतिस्पर्धा गर्नेछ ।









वामपन्थी शक्तिहरु एक भएर जानुपर्छः संयोजक दाहाल
अन्नपूर्णमा बेपत्ता पर्यटक मृत फेला
मेयर बालेनका बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि
फाइनलमा हार्याे नेपाल, युएईले जित्यो उपाधि
गोल्डकप विजेतालाई एक सय ३१ केजी अलैँची पुरस्कार
प्रधानमन्त्री र जेन-जी अगुवाबीच भेटवार्ता
बसिर अहमद बने एनपिएलमा अर्धशतक जोड्ने १३औँ खेलाडी
कर्णालीविरुद्ध विराटनगरको रोमाञ्चक जीत
कपालमा पर्ने चायाबाट छुटकारा पाउने उपाएहरु यस्ता छन्
प्रतिक्रिया