आईपीएलमा लखनउलाई हराउँदै मुम्बई क्वालिफायर टु मा

काठमाडौं । लखनउ सुपर जायनट्सलाई ८१ रनले पराजित गर्दै मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ को क्वालिफायर टु मा स्थान बनाएको छ ।
बुधबार चेन्नाइमा भएको खेलमा आकाश माडवालले सानदार बलिङ गर्दै पाँच विकेट लिएपछि मुम्बइले क्वालिफायर टुको यात्रा सहय तय ग¥यो ।
पहिला ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १८२ रन बनाएको थियो । १८३ रनको लक्ष्य पछ्याएको लखनउ १६.३ ओभरमै १०१ रनमा अलआउट भयो ।
आकाश माडवालले ३.३ ओभरमा पाँच रन मात्र खर्चेर पाँच विकेट लिए । क्रिस जोर्डन र पियुष चावलाले एक, एक विकेट लिए । लखनउका लागि मार्कुस स्टोइनिसले ४०, कायल मेयर्सले १८, दिपक हुडाले १५ रन बनाए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बइका लागि क्यामरुन ग्रीनले ४१, सूर्यकुमार यादवले ३३, तिलक बर्माले २६ र नेहाल वाडेराले २३ रन बनाए ।
लखनउका लागि नवीन उल हकले ४ र यश ठाकुरले तीन विकेट लिए ।
मुम्बइले अब फाइनल प्रवेशका लागि पहिलो क्वालिफायरमा पराजित गुजरात टाइटन्ससँग खेल्नेछ । लिगमा पहिलो स्थानमा रहेको साविक विजेता गुजरात पहिलो क्वालिफायरमा चेन्नाइ सुपर किंग्ससँग पराजित भएको थियो ।
लिगमा शीर्ष दुईमा रहेकोले गुजरातले फाइनल पुग्नका लागि अर्को अवसर पनि पाएको छ ।
गुजरातले दोस्रो क्वालिफायरमा मुम्बइसँग आउने शुक्रबार घरेलु मैदान नरेन्द्र मोदी स्टेडियममा खेल्नेछ ।
यस खेलको विजेताले आगामी आइतबार सोही स्टेडियममा उपाधिका लागि चेन्नाइसँग प्रतिस्पर्धा गर्नेछ ।
















पूर्वविशिष्टको दोहोरो सवारीसुविधामा सरकारको निगरानी : विवरण बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयको निर्देशन
एम्बुलेन्सबाट गाँजा बरामद, दुई जना भारतीय नागरिक पक्राउ
संविधान संशोधन कार्यदलले पूर्वमहान्यायाधीवक्ताहरुसँग छलफल गर्दै
विद्युत् सेवाको पहुँचले फेरियो खैराङवासीको जीवनशैली
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
प्रतिक्रिया