रुकुमपश्चिममा जीप दुर्घटना हुँदा ४ को मृत्यु

रुकुमपश्चिम । रुपकुमपश्चिमको बाँफिकोट गाउँपालिकामा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।
बिहान ७ बजे बाँफिकोट गाउँपालिका–८ तोरीधारामा सानीभेरी गाउँपालिकादेखि रुकुमपश्चिमको खलंगाका लागि छुटेको लु १ ज १७४७ नम्बरको जिप दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय बाँफिकोट रुकुमपश्चिमले जनाएको छ।
बाँफिकोट–८ वडा अध्यक्ष धनबहादुर खत्रीका अनुसार मृत्यु हुनेमा सानीभेरी गाउँपालिका–५ का कर्णे बाठा र देउचन खत्री रहेका छन् भने एकजना सुत्केरी महिला र बच्चाको पहिचान सकेको छैन ।
जीपमा १४ जना सवार रहेको बुझिएको छ। घटनास्थलमा रहेका बाँफिकोट गाउँपालिका–८ का वडा अध्यक्ष खत्रीले पाँच जनाको अवस्था गम्भीर रहेको पाँच जना घाइते भएका जानकारी दिए ।
अन्य जिपमा सवार सबै घाइते भएका छन्। जिप सडकबाट अन्दाजी ४०० मिटर तल खसेको छ ।
हाल स्थानीय तथा प्रहरीले दुर्घटनामा घाइतेहरुको उद्धार गरिरहेका छन्।
यस्तै वडाअध्यक्ष खत्रीले घाइतेहरुको उपचारका लागि हेलिकप्टर ल्याउने तयारी भइरहेको जानकारी दिए।











बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलकाे प्रतिवेदनले के-के सिफारिस गर्याे ?
दक्षिण कोरियाको पहिलो व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण असफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
क्रियाशील सदस्यता वितरण सहजीकरणका लागि गगन थापाको चार बुँदे निर्देशन
रवीन्द्र मिश्र पर्सा-३ बाट पनि उम्मेदवार सिफारिस
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
प्रतिक्रिया