मंगलबार, माघ २०, २०८२

सांसद बन्न पार्टीलाई ३ करोड नबुझाएको ढाकाकुमारको प्रष्टोक्ति

मेरोन्यूज २०८० जेठ १२ गते ८:२८

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निलम्बित सांसद ढाकाकुमार श्रेष्ठले समानुपातिक सांसद बन्न आफूले पार्टीलाई ३ करोड रुपैयाँ नबुझाएको प्रष्टोक्ति दिएका छन् ।

उनले विज्ञप्ति जारी गर्दै समानुपातिक तर्फबाट सांसद बनाउन पौसा बुझाएको भन्दै आफूलाई उध्रीत गर्दै सार्वजनिक समाचार सत्य नभएको दाबी गरेका छन्।

रास्वपाले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग मन्त्री बन्न पार्टीलाई बुझाउन भन्दै २ करोड रुपैयाँ मागेको अडिओ सार्वजनिक भएपछि पार्टी र संसद् दुवैबाट निलम्बन गरेको थियो । श्रेष्ठले समानुपातिक सांसद बनाउँदा पार्टीका उपसभापति डीपी अर्याल र प्रवक्ता डा. मुकुल ढकाललाई झन्डै ३ करोड रुपैयाँ बुझाएको स्वयं श्रेष्ठले बताएको समाचार प्रकाशित भएका थिए।

समाचार प्रकाशित भएपछि उपसभापति अर्याल र प्रवक्ता ढकालले वक्तव्य जारी गरी झुटो आरोप लगाइएकाले मानहानिको मुद्दा लगाउने चेतावनी दिएका थिए।

त्यसपछि ढाकाकुमार श्रेष्ठले पनि बिहीबार विज्ञप्ति जारी गरी आफूले भन्दै नभनेको कुरा सञ्चारमाध्यम आएको प्रष्टोक्ति दिएका हुन् ।

त्यसरी झुटो समाचार अब थप मिडियाले सम्प्रेषण गरेका खण्डमा आफू स्वयं कानुनी प्रक्रियामा जान बाध्य हुने चेतावनीसमेत श्रेष्ठले दिएका छन्।

यस्तो छ श्रेष्ठको विज्ञप्ति

प्रतिक्रिया