भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूको बयान न्यायाधीश न्यौपानेको इजलासमा

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूको बयान न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा हुने भएको छ । आज काठमाडौं जिल्ला अदालतका न्यायाधीश न्यौपानेको इजलासमा उनीहरूको बयान लिन लागिएको हो ।
शरणार्थी प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालयले ३० जनाविरुद्ध पाँच अभियोगमा बुधबार अदालतमा मुद्दा दर्ता गरेको थियो । तीमध्ये प्रहरीले १६ जनालाई पक्राउ गरेको छ । १४ जना फरार छन् ।
पक्राउ परेकाहरूको न्यायाधीश न्यौपानेसामु बयान हुनेछ । बयान सकिएपछि थुनछेक बहस सुरु हुनेछ । थुनछेक बहसपछि अभियुक्तहरूलाई थुनामा राख्ने वा धरौटीमा रिहा गर्ने भन्ने आदेश हुनेछ ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै रकम असुल गरी ठगीलगायत कसुर गरेको अभियोगमा ३० जनाविरुद्ध मुद्दा दायर गरिएको हो ।
उनीहरूविरुद्ध ठगीसहित सरकारी लिखत किर्ते, राज्यविरुद्धको अपराध, एकीकृत कसुर र संगठित अपराधमा मुद्दा दर्ता गरिएको छ ।
















जिली ईएक्स५ को २०२६ मोडल नेपालमा सार्वजनिक
137 crocodiles released in Rapti river
पर्वतका झन्डै आधा मतदानस्थल अति संवेदनशील
युवालाई प्रधानमन्त्री कार्कीको आग्रह : अनुशासित भएर राष्ट्रको सेवामा लाग्नुस्
भूमध्यसागरमा चक्रपात ह्यारीको कारण एक हजारको मृत्यु
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
गैरबैङ्किङ वित्तीय संस्थाका लागि छुट्टै नियामक निकाय गठन गरिने
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
प्रतिक्रिया