मंगलबार, माघ २०, २०८२

शरणार्थी प्रकरणः थप एकजना अभियुक्त पक्राउ

मेरोन्यूज २०८० जेठ १२ गते १६:०३

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले थप एक अभियुक्तलाई पक्राउ गरेको छ । यस प्रकरणमा फरार रहेकी अभियुक्त लक्ष्मी महर्जनलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो।

महर्जनलाई पक्राउ गरेपछि शुक्रबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ। प्रहरीले बुधबार ३० जनाविरुद्ध मुद्दा चलाउँदा १४ मध्ये उनलाई पनि फरार सूचीमा राखिएको थियो ।

यससँगै शरणार्थी प्रकरणमा पक्राउ पर्नेको संख्या १७ पुगेको छ। यो प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले बुधबार नै अदालतमा मुद्दा दर्ता गरिसकेको छ।

प्रतिक्रिया