तेस्राे विवाह गर्दै आमिर खान, काे हुन् प्रेमिका ?

मुम्बइ। बलिउड अभिनेता आमिर खान पछिल्लाे समय आफ्नाे व्यक्तिगत जीवनलाइ लिएर चर्चामा छन्। हालै मिस्टर परफेक्शनिस्ट दंगलमा छोरीको भूमिका निभाएकी अभिनेत्री फातिमा सना शेख र आमिरलाइ संगै देखिएकाे थियाे ।
यसै क्रममा सामाजिक सञ्जालमा अभिनेताको डेटिङको हल्लाले तिब्रता लिएको थियो र फ्यानहरुले आ–आफ्ना प्रतिक्रिया दिएका थिए । ट्विटरमा के आरकेले अभिनेता आमिरले आफ्नी सह कलाकार अभिनेत्री फातिमा सनासँग विवाह गर्ने नयाँ दाबी गरेका छन्, जुन उनको तेस्रो विवाह हुनेछ ।
वाईआरएफको ठग्स अफ हिन्दोस्तानमा सँगै काम गरेपछि फ्यानले आमिर खान र फातिमा सनाको जोडीलाई हेरिरहेका थिए । यसै क्रममा दुवैको डेटिङको हल्ला चलेको थियो । यसैबीच, दुवै स्टारको एक भिडियो सार्वजनिक भएको छ, जसमा उनीहरु पिकलबल खेल्दै देखिएका छन् । यो भिडियो हेरेपछि फ्यानहरुले पनि प्रतिक्रिया दिएका छन् ।
तर अहिले केआरकेले ट्वीट गर्दै दावी गरेका छन् । उनले लेखेका छन्, ‘ब्रेकिंग न्यूजः आमिर खान छिट्टै आफ्नी छोरी फातिमा सना शेखसँग विवाह गर्न लागेका छन् । आमिर खान आफ्नो फिल्म दंगलको समयदेखि सनालाई डेट गरिरहेका छन्।’
यो ट्विट देखेपछि मानिसहरुले अभिनेतालाई ट्रोल र प्रतिक्रिया दिन थालेका छन् ।


















सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
Nepali national Amrit Jha released
अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा विदेशस्थित नेपाली नियोगमा विविध कार्यक्रम
सङ्घ–प्रदेश समन्वय सुदृढ गर्न प्रधानमन्त्री सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्नुहुँदै
यस्तो छ आज तरकारीको थोक मूल्य
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
सम्पत्तिबारे गृहमन्त्रीकाे जवाफ : गरिब जन्मिनु गल्ती होइन, गरिब नै भएर मर्नुचाहिँ गल्ती
अस्ट्रेलियाली सेनामा पहिलो महिला प्रमुख
प्रतिक्रिया