गैँडाको खागसहित तीन जना पक्राउ
मेरोन्यूज
२०८० जेठ १३ गते १८:५८

काठमाडौँ । नवलपरासी (पश्चिम) रामग्राम नगरपालिका १८ धरमपुरबाट संरक्षित वन्यजन्तु गैँडाको खाग (आखेटोपहार) जस्तो वस्तु एक थानसहित तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सोही नगरपालिका १८ धरमपुर बस्ने ६५ वर्षीय होम बहादुर विक, ४३ वर्षीय कृष्ण बहादुर महतो र ६८ वर्षीय सिखा राम थारु रहेका छन् ।
संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसारपसार तथा खरिद बिक्री भइरहेको भन्ने विशेष सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्ज काठमाडौँबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय रुपन्देही र जिल्ला प्रहरी कार्यालय नवलपरासीको समन्वयमा उनीहरूलाई उक्त वस्तुसहित पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक कानूनी कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय नवलपरासी (पश्चिम)मार्फत डिभिजन वन कार्यालय नवलपरासीमा बुझाइएको छ ।
सम्बन्धित
















साना तथा मझौला उद्यम विकासका लागि ९ करोड ५० लाख अमेरिकी डलर स्वीकृत
5 killed in road accident in Russia’s Krasnoyarsk Krai
चितवनमा बसको ठक्करबाट एकजनाको मृत्यु
Baglung village sells orange worth Rs 40 million
प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंककाे गिरावट
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
गैरबैङ्किङ वित्तीय संस्थाका लागि छुट्टै नियामक निकाय गठन गरिने
गाजामा भएको इजरायली आक्रमणमा ११ जनाको मृत्यु
प्रतिक्रिया