नेप्सेमा तीन कम्पनीको बोनस सेयर सूचीकृत
मेरोन्यूज
२०८० जेठ १५ गते १२:२०

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा तीन कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल), स्वरोजगार लघुवित्त वित्तीय संस्था र प्रभु इन्सुरेन्स लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो ।
एचआइडीसीएलको १ करोड ६ लाख ३८ हजार १३३.७५ कित्ता सेयर सूचीकृत भएको छ । यसले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । स्वरोजगार लघुवित्तको २२ प्रतिशत बोनस सेयर बराबरको ११ लाख ३१ हजार १८.०७ कित्ता सेयर सूचीकृत भएको हो ।
त्यस्तै, प्रभु इन्सुरेन्सको ८ लाख ६४ हजार १०६.७६ कित्ता सेयर सूचीकृत भएको छ । यसले गत वर्षको नाफाबाट ६.७० प्रतिशत बोनस सेयर वितरण गरेको थियो । सोही सेयर सूचीकरण गरिएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।
सम्बन्धित
















रास्वपा सभापति लामिछाने र महन्थ ठाकुरबीच भेट
पोखरामा किसानलाई अनुदान सहयोगका लागि ५५ लाख विनियोजन
सुनको मूल्य तोलामा ६ हजार ७०० ले बढ्यो
पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
प्रतिक्रिया