बुधबार, चैत १८, २०८२

साधारण खर्च सवा १२ खर्ब : अर्थमन्त्री महत

मेरोन्यूज २०८० जेठ १५ गते १६:४०

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले साधारण खर्च बढ्दा अर्थतन्त्रमा समस्या आएको बताएका छन् । सोमबार आगामी आर्थिक वर्ष २०८०–८१ को बजेट भाषण गर्दै अर्थमन्त्री महतले अर्थतन्त्रमा रहेका समस्या प्रस्तुत गरेका हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

यस क्रममा उनले साधारण खर्च १२ खर्ब २५ अर्ब ८० करोड पुगेको बताए । संरचनात्मक तथा केही नीतिगत समस्या रहेको भन्दै उनले युक्रेन युद्धले आपूर्तिमा असर गरेको दाबी गरे ।

उच्च ब्याजदर, पूँजीगत खर्च नबढेको, समष्टिगत मागमा कमी आएकाले अर्थतन्त्र समस्यामा परेको उनको भनाइ थियो ।

प्रतिक्रिया