चुरे संरक्षण कार्यक्रमका लागि एक अर्ब पाँच करोड विनियोजन

काठमाडौँ । सरकारले सामुदायिक वन र संरक्षित क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो बताएका हुन् ।
उनले राष्ट्रपति चुरे संरक्षण कार्यक्रममार्फत संघ, प्रदेश र स्थानीय तहको सहभागितामा चुरे संरक्षण गुरुयोजना कार्यान्वयन गर्ने बताए । उनले यसअन्तर्गत जल र जमिन संरक्षण गर्न बाँस रोपण, पोखरी संरक्षण, पहिरो नियन्त्रणलगायतका कार्यक्रम सञ्चालन गर्ने बताए । राष्ट्रपति चुरे संरक्षण कार्यक्रमका लागि एक अर्ब पाँच करोड विनियोजन भएको छ ।
‘सामुदायिक वन र संरक्षित क्षेत्रलाई पर्यापर्यटकीय गन्तव्यको रुपमा विकास गरिनेछ । राष्ट्रपति चुरे संरक्षण कार्यक्रममार्फत संघ, प्रदेश र स्थानीय तहको सहभागितामा चुरे संरक्षण गुरुयोजना कार्यान्वयन गरिनेछ । यस अन्तर्गत जल र जमीन संरक्षण गर्न बाँस रोपण, पोखरी, पहिरो नियन्त्रण, लगायतका कार्यक्रम सञ्चालन गरिनेछ । राष्ट्रपति चुरे संरक्षण कार्यक्रमका लागि एक अर्ब पाँच करोड विनियोजन गरेको छु,’ उनले भने ।
















आज कुन फलफूल तथा तरकारी मूल्य कती ?
यस्तो छ आजको मौसम पूर्वानुमान
दाङका १० जनाले बुझाएनन् चुनावी खर्चको विवरण
आज कुन विदेशी मुद्राको विनिमयदर कती ?
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
प्रतिक्रिया