मंगलबार, चैत १७, २०८२

आर्थिक बजेटः कुन मन्त्रालयलाई कति विभाजन ?

मेरोन्यूज २०८० जेठ १५ गते १९:५७

काठमाडौँ । सरकारले गत आर्थिक वर्षको तुलनामा बजेटको आकार घटाएको छ । आज अर्थमन्त्री प्रकाशशरण महतले बजेट सार्वजनिक गरेका हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

जसअनुसार सरकारले शहरी विकास मन्त्रालयमा चालू आर्थिक वर्षमा ३७ अर्ब ७३ करोड रुपैयाँ बजेट विनियोजन भएकोमा आगामी आर्थिक वर्षका लागि ३० अर्ब बढी बजेट विनियोजन भएको छ ।

चालू आवमा सञ्चारमा आठ अर्ब ५९ करोड रुपैयाँ बजेट विनियोजन गरिएको सञ्चार मन्त्रालयको बजेट सामान्य बढाइएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयः ११ अर्ब ९६ करोड रुपैयाँ

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयः १ खर्ब ९७ अर्ब रुपैयाँ

खानेपानी तथा सरसफाइ मन्त्रालयः २८ अर्ब १६ करोड

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयतर्फः ८३ अर्ब ९९ करोड रुपैयाँ विनियोजन

कृषि तथा पशुपक्षी विकास मन्त्रालयः ५८ अर्ब ९८ करोड रुपैयाँ

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयः ८ अर्ब ८ करोड रुपैयाँ विनियोजन

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयः ९ अर्ब ४६ अर्ब रुपैयाँ

भूमि व्यवस्था मन्त्रालयः ७ अर्ब २४ करोड रुपैयाँ

वन तथा वातावरण मन्त्रालयः १५ अर्ब ५६ करोड रुपैयाँ

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयः १ खर्ब ३१ अर्ब ३९ करोड रुपैयाँ

शहरी विकास मन्त्रालयः ६६ अर्ब १७ करोड रुपैयाँ

ऊर्जा जलस्रोत तथा सिचाइ मन्त्रालयः ८७ अर्ब ४५ करोड रुपैयाँ

सूचना सञ्चार तथा प्रविधि मन्त्रालयः ८ अर्ब ७१ करोड रुपैयाँ

प्रतिक्रिया