आईपीएलमा क-कसले जिते के-के अवार्ड ?
ब्यक्तिगत अवार्डमा गुजरातको वर्चस्व

काठमाडौँ । विश्वमै चर्चित क्रिकेट प्रतियोगिता इण्डियन प्रमियर लिग (आईपीएल)को उपाधी महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किङ्सले जितेको छ ।
अहिलेसँगै चेन्नईले पाँचौँ पटक आईपीएलको उपाधी जितेको छ । चेन्नईले यसअघि २०१०, २०११, २०१८ र २०२१ मा आईपीएल जितेको थियो ।
आईपीएलमा दिइने उपाधीहरूको घोषणा पनि उपाधी वितरणसँगै गरेर वितरण गरिएको छ ।
यसपटक सबैभन्दा धेरै उपाधी उपविजेता बनेको गुजरात टाइटन्सका खेलाडीहरूले पाए ।
सबैभन्दा धेरै रन बनाएमार्फत दिइने ‘ओरेञ्ज क्याप’ गुजरातका ओपनर शुभमन गिलले पाए । उनले प्रतियोगिताभर ८९० रन बनाए । त्यस्तै गुजरातकै मोहम्मद सामीले धेरै विकेट लिएवापत दिइने ‘पर्पल क्याप’को उपाधी पाए । उनले प्रतियोगिताभर २८ विकेट लिए ।
त्यस्तै प्रतियोगिताको ‘मोष्ट भ्यालुयवल प्लेयर’को उपाधी पनि गिलले नै पाएका छन् । उनले ९६६ दशमलव ४१ नम्बर पाएर यो उपाधी पाएका हुन् ।
त्यस्तै ‘इमर्जिङ प्लेयर’को उपाधी राजश्थान रोयल्सका ओपनर यजश्वी जैसवालले पाएका छन् । उनले ६२५ रन बनाए ।
‘फेयर प्ले’ अवार्ड गुजरात टाइटन्सले पाएको छ । ‘सुपर स्टाइकर्स’को उपाधी भने रोयल च्यालेञ्जर बैङ्लोर्सका ग्लेन म्याक्सवेलले पाएका छन् । म्याक्सवेललाई प्रतियोगिताभर सबैभन्दा धेरै छक्का प्रहार गरेवापत यो पुरस्कार प्रदान गरिएको हो ।
सबैभन्दा धैरै चौका प्रहार गरेवापत पाइने पुरस्कार पनि गिलले प्राप्त गरेका छन् ।
इस सिजनको ‘क्याच अफ द सिजन’ उपाधी गुजरातका राशिद खानले पाएका छन् ।
पिच एण्ड ग्राउण्डको उपाधी इडेन गार्डेनर्स, वाखण्डे स्टेडियमले पाएको छ ।
















१९ जिल्लामा हुलाकको घरमै सेवा : राहदानी, लाइसेन्स, शैक्षिक प्रमाणपत्रलगायत कागजात ढुवानी
पाठ्यक्रम समयसापेक्ष पुनरावलोकनका लागि कार्यदल गठन
राष्ट्रपतिद्वारा संसद्का दुवै सदनको अधिवेशन आह्वान
चिकित्सक संघको अध्यक्षमा डा बद्री रिजाल
सातौं एसियन सभात च्याम्पियनसिपमा नेपाल टिम च्याम्पियन
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
प्रतिक्रिया