कुमारी बैंकको संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला
मेरोन्यूज
२०८० जेठ १६ गते १०:५७

काठमाडौं । कुमारी बैंकले ७ लाख ५७ हजार ६९९ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूहको उक्त शेयर लिलाम बढाबढ प्रक्रियाबाट बिक्रिमा ल्याएको हो ।
बैंकको संस्थापक शेयरमा आम सर्वसाधारणले पनि आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुकलेआज जेठ १६ गतेदेखि जेठ २२ गतेसम्म आवेदन दिन सक्ने छन् । शेयर बिक्री मूल्य १२१ रुपैयाँ तोकिएको छ ।
लगानीकर्ताले के कति दररेटमा शेयर खरिद गर्ने हो सो उल्लेख गरी एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट काठमाडौंमा सम्पर्क गर्न सक्नेछन् ।
लगानीकर्ताले न्युनतम १ हजार कित्ताका लागी आवेदन दिन सक्नेछन् भने अधिकतम सम्पूर्ण कित्ता खरिद गर्न सक्ने छन् । ५ लाख भन्दा बढीको आवेदन दिनेले अनिवार्य रुपमा आवेदन फारममा आफ्नो प्यान नम्बर उल्लेख गर्नुपर्ने जनाएको छ ।
सम्बन्धित
















रास्वपा सभापति लामिछाने र महन्थ ठाकुरबीच भेट
पोखरामा किसानलाई अनुदान सहयोगका लागि ५५ लाख विनियोजन
सुनको मूल्य तोलामा ६ हजार ७०० ले बढ्यो
पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
प्रतिक्रिया