मंगलबार, मंसिर १६, २०८२

टी-२० सिरिजको दोस्रो खेलमा नेपालले मलेसियालाई ७ विकेटले हरायाे

मेरोन्यूज २०८० जेठ १६ गते ११:५६

काठमाडौँ । नेपाल मलेसियाविरुद्धको टी-२० सिरिजको दोस्रो खेलमा जित निकालेकाे छ । मंगलबार मलेसियाको वाईएसडी युकेएम ओभल मैदानमा सम्पन्न खेलमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको हो ।

मलेसियाले दिएको ९८ रनको लक्ष्य पछाएको नेपालले १७.३ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

नेपालका लागि रुबिना क्षेत्रीले अविजित २९ रन बनाइन भने कबिता कुवँरले २६, सिता राना मगरले २३, बिन्दु रावलले १७ रन बनाएकी थिइन् ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको मलेसियाले २० ओभरमा ५ विकेट गुमाउदै ९७ रन बनाएको थियो ।

मलेसियाका लागि मास एलिसा यसमिनले २८, विनिफ्रेड आने दुराइ र वान जुलिया वानले २०-२० रन बनाएका थिए । त्यस्तै ऐना हामिजाहले अविजित १४ रन बनाएकी थिइन् ।

यस अघि सोमबार सम्पन्न खेलमा मलेसियाले नेपाललाई पराजित गरेको थियो ।

मे २९ देखि जुन ४ सम्म मलेसियामा हुने यस वायल्याटरल सिरिजमा पाँच खेल हुने छन् । अब सिरिजको तेस्रो खेल जुन १ मा, चौथो खेल जुन ३ मा र पाँचौं खेल जुन ४ मा खेल्ने छ ।

यो जितसँगै नेपालले सिरिजमा मलेसियासँग १-१ को बराबरी गरेको छ ।

प्रतिक्रिया