टी-२० सिरिजको दोस्रो खेलमा नेपालले मलेसियालाई ७ विकेटले हरायाे

काठमाडौँ । नेपाल मलेसियाविरुद्धको टी-२० सिरिजको दोस्रो खेलमा जित निकालेकाे छ । मंगलबार मलेसियाको वाईएसडी युकेएम ओभल मैदानमा सम्पन्न खेलमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको हो ।
मलेसियाले दिएको ९८ रनको लक्ष्य पछाएको नेपालले १७.३ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
नेपालका लागि रुबिना क्षेत्रीले अविजित २९ रन बनाइन भने कबिता कुवँरले २६, सिता राना मगरले २३, बिन्दु रावलले १७ रन बनाएकी थिइन् ।
यसअघि टस जितेर पहिला ब्याटिंग गरेको मलेसियाले २० ओभरमा ५ विकेट गुमाउदै ९७ रन बनाएको थियो ।
मलेसियाका लागि मास एलिसा यसमिनले २८, विनिफ्रेड आने दुराइ र वान जुलिया वानले २०-२० रन बनाएका थिए । त्यस्तै ऐना हामिजाहले अविजित १४ रन बनाएकी थिइन् ।
यस अघि सोमबार सम्पन्न खेलमा मलेसियाले नेपाललाई पराजित गरेको थियो ।
मे २९ देखि जुन ४ सम्म मलेसियामा हुने यस वायल्याटरल सिरिजमा पाँच खेल हुने छन् । अब सिरिजको तेस्रो खेल जुन १ मा, चौथो खेल जुन ३ मा र पाँचौं खेल जुन ४ मा खेल्ने छ ।
यो जितसँगै नेपालले सिरिजमा मलेसियासँग १-१ को बराबरी गरेको छ ।
















‘क्यासिनो’मा जुवा खेलिरहेका १९ नेपाली पक्राउ
इरानका विदेशमन्त्री अराघची किन गए चीन ?
‘इरानसँग सम्झौतामा प्रगति’ भएको भन्दै ट्रम्पले ‘प्रोजेक्ट फ्रीडम’’ स्थगित गरे
अष्ट्रेलियाको विन्डम सिटी र गोदावरी नगरपालिकाबीच ‘मित्रता शहर’ सम्झौता
अनधिकृत लिङ्क नखोल्न सीआईबीको आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया