साढे चार करोड अवैध आम्दानी गर्ने उपसचिव यादवविरुद्ध मुद्दा दायर

काठमाडौँ । करिब साढे चार करोड रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा पूर्ववरिष्ठ निरीक्षक (उपसचिवसरह) शशिभूषणकुमार यादवविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका पूर्ववरिष्ठ निरीक्षक यादवविरुद्ध मुद्दा दायर गरेको हो । ०७८ मंसिरमा सेवानिवृत्त भएका उनी सेवामा रहँदा विवादित हुँदै आएका थिए ।
अख्तियारले उनी सार्वजनिक सेवा प्रवेश गरेको ८ जेठ ०४६ देखि ०७९ असार मसान्तसम्मको आम्दानी र खर्च तथा लगानीको विश्लेषण गरेको थियो । उनीसँग कूल सात करोड २४ लाख ५६ हजार रुपैयाँ देखिएको आरोपपत्रमा उल्लेख छ ।
सोही अवधिमा उनको पारिश्रमिक र तलबबाट जीवन निर्वाह खर्च कटाई बचत, जग्गा बिक्री, श्रीमतीको पारिश्रमिक बचत, कृषि आयबाट बचत, घरभाडा, बुहारीको पारिश्रमिक बचत, बिमा फिर्ता, विदेश तालिम आयबाट बचत, ऋण सापटी, उपचार खर्च, सञ्चित बिदाको रकम, कर्मचारी सञ्चय कोष फिर्ता रकम, नागरिक लगानी कोष, श्रीमतीको अवकाशबाट प्राप्त रकम, निजको पेन्सन आयबाट बचत र छोराको तलब बचतसमेत गरी जम्मा दुई करोड ७७ लाख २२ हजार आय आर्जन देखिएको थियो ।
‘निजको वैध आय दुई करोड ७७ लाख २२ हजारको अनुपातमा सोही अवधिमा निजले सात करोड २४ लाख ५६ हजार खर्च तथा लगानी गरेको देखिँदा निजको कुल वैधानिक आयलाई निजले गरेको कुल व्ययसँग तुलना गर्दा निजको आयस्रोत र आर्जन गरेको सम्पत्तिबीच तादात्म्यता देखिन नआई चार करोड ४७ लाख ३४ हजारबराबर सम्पत्ति ऋणात्मक देखिई वैधानिक स्रोत पुष्टि हुन सकेन,’ आरोपपत्रमा अख्तियारले भनेको छ ।
सम्पत्ति जफत प्रयोजनका लागि अख्तियारले उनकी पत्नी रिता रानी र पुत्रद्वय अविनाश यादव र विकास यादवलाई समेत प्रतिवादी बनाएको छ ।
















दीपेन्द्र र आरिफको अर्धशतकमा युएईमाथि नेपालको सानदार जित
राष्ट्रपति पौडेलसँग जापानका प्रधानमन्त्रीको शिष्टाचार भेट
राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’
प्रतिनिधिसभामा समानुपातिकतर्फ तीन हजार १३५ उम्मेदवार कायम
मुस्ताङको मुक्तिक्षेत्रमा फेरि हिमपात
माघ १८ गते आइतबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
माघ शुक्ल पूर्णिमा, आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै
डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ३ रुपैयाँ वृद्धि, हवाई इन्धन सस्तियो
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया