सन्दीप लामिछाने दक्षिण अफ्रिकामा हुने अभ्यास खेलमा नजाने

काठमाडौँ । एक दिवसीय विश्वकप छनोटअघि दक्षिण अफ्रिकामा हुने अभ्यास खेलको अन्तिम तयारीमा सन्दीप लामिछाने नजाने भएका छन् ।
जिम्बाव्वेमा हुने एक दिवसीय विश्वकप छनोटका लागि तयारी गर्न नेपाल टिम मंगलबार राति दक्षिण अफ्रिका जाँदै छ ।
बालिका बलात्कारको आरोपमा मुद्दा खेपिरहेका क्रिकेटर लामिछानेलाई अदालती प्रक्रियाका कारण दक्षिण अफ्रिका जान नपाउने भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको हो ।
विश्वकप छनोटका लागि प्रशिक्षक मोन्टी देशाईले घोषणा गरेको १६ सदस्यीय टिममा सन्दीपसमेत परेका छन् । तर, प्रक्रिया पूरा भए उनी विश्वकप छनोट प्रतियोगिताभित्र टिममा सहभागी हुने सम्भावना रहेको छ ।
काठमाडौँ जिल्ला अदालतमा मंगलबार पनि सन्दीपविरुद्धको मुद्दामा सुनुवाइ भएको थियो । न्यायाधीश शंकरबहादुर राईले पीडितको तर्फबाट अन्तरिम राहतका लागि क्षतिपूर्ति माग गरी दिएको निवेदनउपर सुनुवाई गरेपछि मात्र मूल मुद्दाको सुनुवाइ गर्ने बताएपछि रोकिएको हो ।
पछिल्लो दिनहरूमा लामिछानेविरुद्ध मुद्दा नियमित पेशीमा चढे पनि अन्तिम सुनुवाइ र फैसला हुन सकेको छैन ।
नेपालले जिम्बाव्वेमा ३० र ३२ जेठमा ओमान र यूएईसँग अभ्यास खेल खेल्ने छ । विश्वकप छनोट तीन असारदेखि सुरु हुनेछ ।
नेपालले पहिलो खेलमा टेष्ट मान्यताप्राप्त घरेलु टिम जिम्बाव्वेको सामना गर्नेछ । ५ असारमा अमेरिका, ७ असारमा वेष्ट इण्डिज र ९ असारमा नेदरल्याण्ड्ससँग खेल्ने भएको छ ।
















क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
अमेरिका–इरानबीच ठूलो कूटनीतिक प्रगति, युद्ध अन्त्यको सङ्केत
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
प्रतिक्रिया