मंगलबार, चैत १७, २०८२

बजेटपछि लगातार दोस्रो दिन पनि सेयर बजारमा भारी गिरावट

मेरोन्यूज २०८० जेठ १७ गते १५:३९

काठमाडौं । सेयर बजारमा लगातार दोस्रो दिन गिरावट आएको छ । आज नेप्से परिसूचक ३८ दशमलव ८३ प्रतिशतले घटेर १८४९ दशमलव ७९ को विन्दुमा कायम भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

बुधबार कुल २ अर्ब ३१ करोड ५१ लाख ६९ हजारको शेयर कारोबार हुँदा सबैभन्दा धेरै आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ भने प्रति शेयर मूल्य २ हजार रुपैयाँ कायम भएको छ ।

यसैगरी आज माई खोला हाइड्रोपावर लिमिटेडको शेयर ६.४३ प्रतिशतले बृद्धि हुँदा प्रति शेयर मूल्य २९८ रुपैयाँ कायम भएको छ । साथै सिटिजन म्युचुअल फन्डको शेयर ५.५० प्रतिशतले बृद्धि भई प्रति शेयर मूल्य ७ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया