ए डिभिजन लिगः ओलावालेको ह्याट्रिकमा मछिन्द्र विजयी
मेरोन्यूज
२०८० जेठ १७ गते १८:०८

काठमाडौँ । शहिद स्मारक ए डिभिजन अन्तर्गत मछिन्द्र क्लबले सातदोबाटो युथ क्लबलाई पराजति गरेको छ ।
बुधबार एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा मछिन्द्रले सातदोबाटोलाई ३(१ गोल अन्तरले पराजित गरेको हो ।
मछिन्द्रको जितमा अफीज ओलावालेले ह्याट्रिक गरेका थिए । अफीजले खेलको १६औं, ४५औं र ५६औं मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरेका थिए । त्यस्तै सातदोबाटोका लागि जोर्डन मगरले एक गोल फर्काएका थिए ।
यो जितपछि मछिन्द्र दोस्रो स्थानमा उक्लिएको छ । मछिन्द्रको २३ खेलमा ३९ अंक भएको छ । मछिन्द्र शिर्ष स्थानमा रहेको चर्च ब्वाइजभन्दा २ अंकले पछाडी रहेको छ ।
त्यस्तै सातदोबाटोको २३ खेलमा २९ अंक रहेको छ र लिगमा छैटौं स्थानमा रहेको छ ।
सम्बन्धित









मधेस प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्चको परमादेश
नगद कारोबारको सीमा घटाइयो, ५ लाखमाथि अनिवार्य बैंकमार्फत
मन्त्रिपरिषद्का निर्णयः ‘जेनजी’ सहिद परिवारलाई परिचयपत्र, भदौ २३ गते ‘जेनजी’ सहिद दिवस
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो
बैकुण्ठ अर्याल सचिवमा बढुवा
कपालमा पर्ने चायाबाट छुटकारा पाउने उपाएहरु यस्ता छन्
इमरान खानको अवस्थाबारे पाकिस्तानी सिनेटरले के भने ?
आज मंसिर १५ गते सोमबार, कस्ताे रहला तपाइकाे राशिफल ?
नेपाली यू–१९ टोली एसिया कपका लागि छनोट
देउवासँग आज पनि कार्यवाहक सभापति र दुई महामन्त्रीले छलफल गर्दै
प्रतिक्रिया