ए डिभिजन लिगः ओलावालेको ह्याट्रिकमा मछिन्द्र विजयी
मेरोन्यूज
२०८० जेठ १७ गते १८:०८

काठमाडौँ । शहिद स्मारक ए डिभिजन अन्तर्गत मछिन्द्र क्लबले सातदोबाटो युथ क्लबलाई पराजति गरेको छ ।
बुधबार एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा मछिन्द्रले सातदोबाटोलाई ३(१ गोल अन्तरले पराजित गरेको हो ।
मछिन्द्रको जितमा अफीज ओलावालेले ह्याट्रिक गरेका थिए । अफीजले खेलको १६औं, ४५औं र ५६औं मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरेका थिए । त्यस्तै सातदोबाटोका लागि जोर्डन मगरले एक गोल फर्काएका थिए ।
यो जितपछि मछिन्द्र दोस्रो स्थानमा उक्लिएको छ । मछिन्द्रको २३ खेलमा ३९ अंक भएको छ । मछिन्द्र शिर्ष स्थानमा रहेको चर्च ब्वाइजभन्दा २ अंकले पछाडी रहेको छ ।
त्यस्तै सातदोबाटोको २३ खेलमा २९ अंक रहेको छ र लिगमा छैटौं स्थानमा रहेको छ ।
सम्बन्धित
















वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
मन्त्रिपरिषद्को बैठक बस्दै, मन्त्रालय मर्ज र खारेजसम्बन्धी खाका पेस गर्ने तयारी
प्रतिक्रिया