शरणार्थी प्रकरणमा जोडिएका क-कसको बयान लिन बाँकी

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १७ मध्य ५ जनाको बयान लिन बाँकी छ । बुधबारसम्म काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा १२ जनाले बयान दिएका छन् ।
अब पूर्वउप्रधानमन्त्री तथा एमालेका निलम्बित सचिवटोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण, पूर्वसांसद आङटावा शेर्पा, शरणार्थी नेता टेकनाथ रिजाल र हज समितिका अध्यक्ष शमशेर मियासँग इजलासले बयान लिन बाँकी छ ।
बुधबार गोविन्द चौधरी, नेपाल सरकारका निलम्बित सचिव टेकनारायण पाण्डे, सानु भण्डारी र रामशरण केसीको बयान लिएपछि ५ जनाको बयान लिन बाँकी रहेको हो ।
अहिलेसम्म पक्राउ परेकाहरू इन्द्रजित राई, नरेन्द्र केसी, सन्देश शर्मा, सन्दीप रायमाझी, लक्ष्मी महर्जन, टंक गुरुङ, केशव दुलाल र सागर राईले बयान दिइसकेका छन् ।
अदालतले पक्राउ परेकाहरूसँग १२ गतेबाट बयान लिन सुरु गरेको थियो ।
पछिल्लो पटक जेठ १२ गते पक्राउ परेकी ललितपुरकी ३२ वर्षीया लक्ष्मी महर्जनलाई भने एकैचोटि अदालतमा बयान दिन लगाइएको छ । उनीभन्दा अघि पक्राउ परेका १६ जनालाई भने प्रहरीले पनि बयान लिएको थियो।
उक्त प्रकरणका आरोपितमध्ये १३ जना फरार छन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध मुद्दा परेको छ।
















137 crocodiles released in Rapti river
पर्वतका झन्डै आधा मतदानस्थल अति संवेदनशील
युवालाई प्रधानमन्त्री कार्कीको आग्रह : अनुशासित भएर राष्ट्रको सेवामा लाग्नुस्
भूमध्यसागरमा चक्रपात ह्यारीको कारण एक हजारको मृत्यु
उम्मेदवारसँग मतदाताको माग- ‘आश्वासन होइन, विकास चाहिएको छ’
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
गैरबैङ्किङ वित्तीय संस्थाका लागि छुट्टै नियामक निकाय गठन गरिने
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
प्रतिक्रिया