भारतलाई तल्लो अरुण जलविद्युत निर्माणको जिम्मा

काठमाडौँ । तल्लो अरुण जलविद्युत निर्माणको जिम्मा भारतले पाएको छ । नेपालले तल्लो अरुणको जिम्मा भारतीय कम्पनीलाई दिने सम्झौता गरेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणको क्रममा बिहीबार उक्त सम्झौता पत्रमा हस्ताक्षर भएको हो । प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको भेटवार्तापछि बिहीबार दिउँसो आयोजित संयुक्त पत्रकार सम्मेलनका क्रममा तल्लो अरुण जलविद्युत निर्माणको जिम्मा भारतीय कम्पनीलाई दिन सम्झौता भएको हो ।
सम्झौता पत्रमा नेपालको तर्फबाट वाणिज्यमन्त्री रमेश रिजाल र भारतीय पक्षबाट वाणिज्यमन्त्री पियुष गोयलले हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार गोखरपुर बुटवल ४०० केबी प्रसारण लाइन निर्माणका लागि विद्युत् प्राधिकरण र भारतको तर्फबाट पावर ग्रिडको लगानी हुनेछ । यसको लागत चार अर्ब ६२ करोड भारतीय रुपैयाँ हुनेछ ।
संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली भारतले किन्ने लक्ष्य लिएको जानकारी दिए ।


















धनुषामा पुरुषको शव फेला
होर्मुज सुरक्षामा अन्तर्राष्ट्रिय चासो
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
कञ्चनपुरमा लागुऔषध मुद्दामा ३३४ जना पक्राउ
सुधारका लागि निरन्तर खबरदारी गर्न शिक्षामन्त्री पोखरेलको आग्रह
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
नयाँ वर्षमा मस्त झुम्यो पोखरा
प्रतिक्रिया