कर फछ्र्यौट आयोगको भ्रष्टाचार अभियोगमा चुडामणि शर्मासहित तीन जना दोषी ठहर

काठमाडौँ । विशेष अदालतले कर फर्छ्यौट आयोगको भ्रष्टचार मुद्दामा तत्कालीन सहसचिव चुडामणि शर्मासहित तीनलाई दोषी ठहर गरेको छ ।
विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरू यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले आयोगका तत्कालिन सदस्य सचिव शर्मा, अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकालविरुद्ध दोषी ठहर गरेको हो ।
सरकारले गठन गरेको कर फर्छ्यौट आयोगमार्फत व्यापारीलाई कर छुट दिएर भ्रष्टाचार गरेको अभियोगमा उनीहरूविरुद्ध अख्तियारले मुद्दा दायर गरेको थियो । उनीहरूको सजाय निर्धारण गर्न बाँकी रहेको छ ।
आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक शर्मा आयोगमा सदस्य सचिवको हैसियतमा कार्यरत थिए ।
सोही समयमा कर फर्छ्योट आयोगले बक्यौता (नउठेको कर)का रूपमा रहेको ३० अर्ब ५२ करोड रुपैयाँबाट ९ अर्ब ५४ करोड रुपैयाँ मात्रै असुल गर्ने निर्णय भएको थियो । आयोगले करिब २१ अर्ब रुपैयाँ ‘अनियमितता’ गरेको महालेखाको निष्कर्ष थियो ।
















Over 10,000 foreign tourists visit Mustang in January
निर्वाचनमा तालमेलबारे एमाले उपाध्यक्ष गुरुङ – कतिपय स्थानमा हुन सक्छ
ट्रम्पले गरे हार्वर्डसँग एक अर्ब डलर क्षतिपूर्तिको माग
काठमाडौंका सुकुम्बासीलाई बाढीबाट जोगाउन डोजर लगाएको हुँ : बालेन
नेप्से दोहोरो अंकले घट्दा साढे ८ अर्बकाे काराेबार
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
गैरबैङ्किङ वित्तीय संस्थाका लागि छुट्टै नियामक निकाय गठन गरिने
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
प्रतिक्रिया