एमालेमा कार्य विभाजन हेरफेर, कुन प्रदेशको जिम्मा कसलाई ?
मेरोन्यूज
२०८० जेठ १९ गते १८:४२

काठमाडौँ । नेकपा एमालेले उपाध्यक्ष र सचिवहरूको कार्य विभाजन भएको छ । शुक्रबार बसेको सचिवालय बैठकले ६ जना उपाध्यक्षलाई विभागहरूको संयोजन गर्ने जिम्मा दिएको छ ।
योजना तथा नीति विभागमा ईश्वर पोखरेल, पूर्वाधारमा सुरेन्द्र पाण्डे, कृषि तथा उद्यम विभागमा रामबहादुर थापा बादल, सामाजिक विकासमा अष्टलक्ष्मी शाक्य, मानव स्रोतमा युवराज ज्ञवाली, सुशासनमा सुवास नेम्वाङ र संगठन तथा प्रशिक्षण विभागको संयोजकमा विष्णु पौडेल तोकिएका छन् ।
यसैगरी, सचिवहरूलाई प्रदेश इञ्चार्जको जिम्मेवारी दिइएको छ । कोशीमा रघुवीर महासेठ, मधेसमा योगेश भट्टराई, गण्डकीमा गोकर्ण विष्ट, लुम्बिनी प्रदेशको इञ्चार्जमा पद्मा अर्याल तोकिएकी छन् ।
कर्णालीको इञ्चार्जमा लेखराज भट्ट र सुदूरपश्चिम प्रदेशको इञ्चार्जमा सचिव छविलाल विश्वकर्मा तोकिएका छन् ।
सम्बन्धित








उपरथीमा विशेष बढुवा भएकालाई प्रधानसेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान
शिवम् सिमेन्टको १२.५ प्रतिशत लाभांश पारित
दिपल एस०५ ले पायो युरो एनक्यापमा सर्वोत्कृष्ट ५ स्टार रेटिङ
एनपीएल इलिमिनेटरमा लुम्बिनी र काठमाण्डु भिड्दै
कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा
लुम्बिनीविरुद्ध ब्याटिङ गर्दै काठमाडौँ
लुम्बिनी दोस्रो क्वालिफायरमा, काठमाण्डु बाहिरियो
सरकार र जेनजीबिच दश बुँदे सम्झौता ( बुँदासहित )
प्रतिक्रिया