चौथो खेलमा नेपाल मलेसियाँसग चार विकेटले पराजित

काठमाडौं। महिला टी–२० क्रिकेट प्रतियोगिताको चौथो खेलमा नेपाल मलेसियासँग चार विकेटले पराजित भएको छ।
मलेसियामा जारी द्विदेशीय श्रृङ्खलाको शनिबार बिहान भएको खेलमा नेपालले दिएको ९७ रनको लक्ष्य मलेसियाले ६ विकेटको क्षतिमा पूरा गरेको हो।
मलेसियाका लागि विनफ्रेड अन्ना दुरासिगमले ३८, महिरा इजाति इस्माइलले १६ र यास्मिन जुल्किफिलले १३ रन बनाउँदा नेपाल चौथो खेलमा पराजित हुन पुगेको हो । नेपालले यसअघि दोस्रो र तेस्रो खेलमा भने क्रमशः ७ विकेटले र २७ रनले विजयी भएको थियो ।
आजको खेलमा नेपालका लागि कविता कुँवर, रुविना क्षेत्री, सिता राना मगर र कविता जोशीले एक–एक विकेट लिए पनि नेपालको जीतका लागि पर्याप्त भने हुन सकेन ।
टस जितेर ब्याटिङ रोजेको नेपालले सात विकेटको क्षतिमा ९६ रन बनाएको थियो। नेपालका लागि इन्दु बर्माले ३२, विन्दु रावलले २४ र कविता कुँवरले १२ रन बनाएका थिए।
पाँच खेलको श्रृङ्खलामा दुवै टोलीले दुई-दुई खेलमा जीत हासिल गरेका अब अन्तिम खेल जित्ने टोलीले श्रृङ्खला जित्नेछ।
जसका लागि बिजयकाे लक्ष्य सहित दुवै टोली आइतबार अन्तिम खेलमा प्रतिस्पर्धा गर्दैछन ।
















प्रधानमन्त्री बालेन भन्छन्- विद्यार्थी र कर्मचारी संगठनहरू दलको ‘स्लिपर सेल’ भए
ओमान विरुद्ध ब्याटिङ गर्दै नेपाल, दुई खेलाडी परिवर्तन
रोशी खोलामा फसेका ८९ यात्रुको उद्धार
दुई अमेरिकी युद्धपोतले इरानी आक्रमणका बीच पार गरे होर्मुज जलमार्ग
बढ्यो आज तरकारीको मुल्य
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया