टेकनाथले भने : नक्कली भुटानी शरणार्थीको मुख्य योजनाकार टोपबहादुर हुन्

काठमाडौँ । नक्कली भुटार्नी शरणार्थी प्रकरणमा भुटानी शरणार्थी नेता टेकनाथ रिजालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि भेट भएको बयान दिएका छन् ।
यसअघि उनले सानु भण्डारी र केशव दुलालसँगै नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीको नाम लिएका थिए । उनले अदालतमा दिएको बयानमा सानु र केशवले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने भनेर आफू कहाँ आएको बताए ।
त्यसपछि आफूले केपी ओली र प्रचण्डलाई भेटाउनुस् भनेपछि काठमाडौँ ल्याएर टोपबहादुर रायमाझी कहाँ पुर्याएको उनले बयानमा भनेका छन् । रायमाझीसँग कुराकानी क्लियर नभएपछि प्रचण्ड कहाँ लगेको भन्दै उनले भने, ‘प्रचण्ड निवासमा म, टोपबहादुर रायमाझी, सानु भण्डारी र केशव दलाल पुगेका थियौँ ।’
उनले थपेका छन्, ‘प्रचण्डले म आज एकदमै व्यस्त छु, टोपबहादुर रायमाझीसँग सबै कुरा गर्नु होला, सम्बोधन हुन सक्ने भए समाधान गर्नु भन्नु भयो ।’
त्यसपछि आफूले उनीहरूले भने जस्ता (नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने) काम हुने रहेछ भन्ने लागेको रिजालले बताए ।
‘मैले थाहा पाएसम्म टोपबहादुर रायमाझी, सानु भण्डारी र केशवप्रसाद दुलाल यसका मुख्य योजनाकार हुन्,’ उनले थपे ।









प्रतिनिधि सभा निर्वाचन ८७ दिन बाँकी : यस्ता छन् चुनाव चिह्न
आज २०८२ साल मंसिर २२ गते सोमबारको राशिफल
दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु
एनपिएलः अर्धशतकको सङ्ख्या ३५ पुग्यो
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
बालुवाटारमा सर्वपक्षीय बैठक, को–को छन् सहभागी ?
संयुक्त बैठकले निर्वाचनको बलियो वातावरण बनेको छ : सञ्चारमन्त्री खरेल
जनकपुरलाई हराउँदै लुम्बिनी लायन्स प्लेअफमा, ३ वटा टोली प्लेअफ होडबाट बाहिर
प्रतिक्रिया